भैरहवा । भैरहवा भन्सार कार्यालयका नव आगन्तुक प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले राज्यलाई फाईदा हुने कामको लागि स्थानियहरुसंग हातेमालो गर्न तयार रहेको बताएका छन् ।
नेपाल भारत मैत्री संघ, बेलहिया उपशाखा र सोसाईटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स नेपाल लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा भैरहवामा आयोजित संविधान दिवस तथा स्वागत कार्यक्रममा बोल्दै भन्सार अधिकृत रेग्मीले सकारात्मक र देशको हितमा हुने काम गर्न आफु तत्पर रहेको बताएका हुन् ।
राज्यलाई फाईदा तथा हितमा हुने काम गर्न तयार रहेको र राज्यलाई घाटा हुने काममा भने आफु सधै निर्मम हुने उनले बताए । उनले सीमामा आवातजावत सहज भए यसै क्षेत्रको पर्यटन बढ्ने र आफु यसको लागि सधै तत्पर रहेको बताउदै यसमा स्थानिय सरोकारवालाले साथ दिनुपर्ने जिकिर गरे । “अहिले यहाँबाट पर्यटकहरु अन्य नाकाबाट नेपाल गईरहेको खबर आईरहेको छ, यसले स्थानिय मात्र नभई भन्सारलाई पनि असर पार्छ ।” उनले भने “यसको सुधारको लागि तपाइ र हामी मिलेर सहकार्य गरौ, समस्या कहाँ छ पत्ता लगाएरर समाधान गरौं ।”
यस्तै शसस्त्र प्रहरी बल डण्डाका नव आगन्तुक शसस्त्र प्रहरी नायब उपरिक्षक चन्द्र कुमार थापा र ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख, प्रहरी निरिक्षक मुकेश न्यौपानेले सीमा नाका सहज बनाउन आफुहरु तम्तयार रहेको प्रतिवद्धता जनाए । सीमामा हुने अपराध नियन्त्रण तथा अवैध कारोबारहरुको नियन्त्रणमा स्थानियहरुको साथ र सहकार्य सधै आवश्यक रहेको हुदा सहकार्य गरे अगाडी बढ्ने दुबै जनाले बताए ।
कार्यक्रममा बोल्दै सोसाईटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष श्रीचन्द गुप्ताले कोभिड भन्दा अगाडी भन्सार कार्यालय बिहान ६ बजे खुल्ने गरेको बताउदै अहिले पनि सोही अनुसार गराउन आग्रह गरे । कोभिड सकिदा अहिले पनि भन्सार ८ बजे पछि मात्र खुलेको कारण पर्यटकलाई सास्ती भएको बताउदै उनले यसलाई पूर्ववत अवश्थामा सञ्चालनको माग गरे ।
नेपाल भारत मैत्री संघ बेलहिया उपशाखाका अध्यक्ष पशुपति कान्दुको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संघका सल्लाहकार राम बहादुर बस्नेत, नर्सिङ्ग गुरुङ्गले बेलहियामा भएको अव्यवस्थताका कारण पर्यटक र स्थानियलाई सास्ती भएको कारण यसको सहजताको लागि आग्रह गरेका थिए । कार्यक्रमको सल्लाहकार अर्जुन गिरीको स्वागत र गंगाराम पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।