मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

शिक्षा क्षेत्रलाई दलीय राजनीतिकरणबाट मुक्त गराउनैपर्छ : मन्त्री श्रेष्ठ

Ujyalosandeshonline 12548+ समाचार ( )
१९ चैत्र २०८०, सोमबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रबाट दलीय राजनीतिकरण हटाउनुपर्ने बताएकी छन् ।

सोमबार संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको छलफलमा उनले शिक्षा सम्बन्धी कार्यक्रमहरुलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि शिक्षा क्षेत्रबाट दलीय राजनीतिकरण हटाउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘दलीय राजनीतिकरण यो शिक्षा क्षेत्रबाट हटाउन सक्यो भने बल्ल हामीले जति कार्यक्रम लग्छौ त्यो सबै सफल हुन्छ । हटाउनका लागि सबैको सहयोग हुन्छ भन्ने अपेक्षा गरेको छु । देशमा शिक्षाको व्यापारीकरण अति नै भएको छ । यसलाई हामीले नियन्त्रण गर्नैपर्छ यसमा नियमन गर्नको लागि हामीले एउटा कार्यदल बनाएका छौ ।’

शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाएमा पदबाट हटाउने कानुन पहिला नै रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढेको बताइन् ।  

उनले भनिन्, ‘शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाएमा पदबाट हटाउने भन्ने कानुन पहिलै छ । नयाँ कानुन बनाउनु पर्दैन । तर यसको कार्यान्वयन लागि काम सुरु भएको छ । उच्च शिक्षा र विद्यालय शिक्षा दुवैमा लागू हुन्छ । त्यसको लागि कुन तहले के कारवाही गर्ने हो, त्यो चार्ट नै बनाएर सबैलाई दिने र सम्बन्धीत निकायहरुसँग पनि समन्वयको कुराकानी सुरु भईसकेको छ ।’

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्य छनोट भागबन्डारहित बनाउनका लागि पनि मापदण्डसहित विज्ञको टोली बनाउने पनि उनको भनाई छ ।

सोमबार समितिमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारवाही, समस्या र भावी कार्ययोजना सम्बन्धी छलफल भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार