मुख्य समाचार
एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ | पेस्तोल र गोलीसहित सियारीका चौधरी पक्राउ | पुवाखोलामा बेलिब्रिज निर्माण | सशस्त्र प्रहरीद्वारा बाइपास क्षेत्रबाट भन्सार छलीका किराना सामान र औषधि बरामद | ‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः सञ्चारमन्त्री | धकधईमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दीप प्रज्वलन गरी संविधान दिवस मनाइयो | देवदह र ओमसतियामा विश्व हिन्दू परिषद्को समिति गठन | ४० लाखभन्दा बढी मूल्यको भन्सार छलीको अवैध मदिरा र कारसहित दुई जना पक्राउ | गणपूरक संख्या नपुगेपछि फतुवा विजयपुरको नगरसभा स्थगित | रोहिणीको छिपागढ र धकधईमा संविधान दिवस मनाइयो |

मनसुनजन्य विपद्को पूर्वतयारीमा रहन मुख्यमन्त्रीको निर्देशन

Ujyalosandeshonline 12359+ समाचार ( )
२१ श्रावण २०८३, बिहीबार

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कताका साथ पूर्वतयारीमा रहन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । मनसुनजन्य विपद्को पूर्वतयारी, शान्ति सुरक्षा र सेवा प्रवाहका विषयमा आज प्रदेशका १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल माध्यमबाट आयोजित बैठकमा उहाँले विपद् प्रतिकार्यका लागि सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय कायम गरी तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो । 

बैठकमा प्रमुख जिल्ला अधिकारीले मनसुनका कारण उत्पन्न हुनसक्ने जोखिम, बाढीपहिरोको अवस्था, विपद् पूर्वतयारीका लागि गरिएका कार्य, उद्धार तथा राहत व्यवस्थापनका बारेमा जानकारी गराउनुभएको थियो । यस्तै, आवश्यक स्रोतसाधनको उपलब्धता, शान्ति सुरक्षाको समग्र अवस्था तथा नागरिकलाई प्रदान गरिँदै आएका सेवा प्रवाहका बारेमा पनि उल्लेख गर्नुभएको थियो । 

मुख्यमन्त्री शाहीले विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई प्राथमिकतामा राख्न, जोखिमयुक्त क्षेत्रको नियमित अनुगमन गर्न तथा नागरिकको जीउधनको सुरक्षालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभयो । उहाँले विपद्का लागि आवश्यक पर्ने राहत सामग्री र राहत रकम प्रदेश सरकारबाट उपलब्ध गराउन सकिने बताउँदै जिल्लामा आवश्यक समन्वय र तयारीलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै