प्रतापपुरमा रजस्वला तथा पाठेघर सम्वन्धी समस्याको उपचारात्मक सेवा प्रदान

Ujyalosandeshonline 11434+ समाचार ( )
२६ मंगशिर २०८०, मङ्गलबार

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा विद्यालयमा अध्ययनरत किशोरीहरूको रजस्वला तथा पाठेघर सम्बन्धि समस्याको उपचारात्मक सेवा प्रदान गरिएको छ ।

प्रतापपुर गाउँपालिका वडा नम्बर ६ गुठी परसौनीमा अवस्थित जन जागृति माध्यमिक विद्यालय र सोही वडाको हरपुरमा अवस्थित मदरसा मदिनतुल ओलुमका ३ सय  जना किसोरीहरूलाई रजस्वला र पाठेघर  स्वास्थ्य सम्वन्धी समस्याको उपचारात्मक सेवा प्रदान गरिएको हो ।

कार्यक्रममा  Lucodex ,Leucopils , Hingwastak , kaisor gugul लगायत औषधी वितरण गरेको प्रतापपुर आयुवर्वेद शाखाका प्रमुख दिनबन्धु मिश्राले जानकारी दिनुभयो  । सो कार्यक्रमले विद्यार्थीहरुका लागि निकै लाभदायी भएको सहभागीहरुले बताएका छन ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार