मुख्य समाचार
ज्येष्ठ नागरिक जनै बनाउँदै | प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि | विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल |

एसईई बिद्यार्थी लक्षित अंशिका कन्सल्टेन्सीमा छात्रवृत्ति

Ujyalosandeshonline 11878+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

भैरहवा । भैरहवामा रहेको अंशिका कन्सल्टेन्सी सर्विसेज प्रालीले एसईई विद्यार्थी लक्षित विशेष छात्रवृत्ति कोर्षहरु ल्याएको जनाएको छ । शनिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै ३० प्रतिशत देखि शत प्रतिशत सम्म छात्रवृत्ति प्रदान गर्ने गरि बिभिन्न कोर्षहरु सुरु गरिएको यसका सञ्चालकले जानकारी दिएका छन् । 

अंशिका कन्सल्टेन्सीका सञ्चालक राकेश कुमार चौधरीका अनुसार कन्सल्टेन्सीमा ब्रिज कोर्स, ए लेभल साईन्स, ए लेभल म्यानेजमेन्ट, बिभिन्न कम्प्युटर कोर्ष तथा सिटिईभिटीको प्रवेश परिक्षाको तयारी समेत गराईने छ । चौधरीले यसको लागि आईतबार ११ बजे अभिमुखीकरण कार्यालयमै कार्यक्रम राखिएको र त्यसपछि विद्यार्थीका क्षमता अनुसार छात्रवृत्ति प्रदान गरिने जनाए । “शिक्षा सम्पन्नलाई मात्र हैन, विपन्न परिवारका विद्यार्थीले पनि बराबर शिक्षा पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।” चौधरीले भने “तसर्थ यस्ता विपन्न विद्यार्थीहरु रकमकै अभावमा शिक्षाबाट वञ्चित हुनुपर्ने छैन ।”

विपन्न विद्यार्थी लक्षित कोर्षहरुमा छात्रवृत्तिका साथै न्यूननतम शुल्क निर्धारण गरिएको चौधरीको भनाई छ । लामो समय देखि अनुभव संगालेका शिक्षक, उच्च व्यवस्थापन, सुविधायुक्त पूर्वाधार र लामो समयको अनुभव यो कन्सल्टेन्सीको मूख्य विषेशता रहेको उनले बताए । यहाँ विद्यार्थीहरुले न्यूनतम शुल्कमा परिवारीक वातावरणमा बिभिन्न कोर्षहरुको अध्ययन गर्न सक्ने छन् । 

“अनभुवी शिक्षक र प्रशिक्षकहरुको कारण यहाँका विद्यार्थीहरुमा सफलताको दर उच्च रहेको छ ।” शिक्षक मोहम्मद अलीले भने “शिक्षामा समान पहुँच र उच्च गुणस्तर हाम्रो प्रतिवद्धता हो ।”

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ आईसीएफसी फाईनान्सको पहिलो तल्लामा रहेको अंशिका कन्सल्टेन्सी सर्विसेजमा आईतबार हुने अभिमुखीकरण कार्यक्रममा एसईई दिएका विद्यार्थीहरुलाई भाग लिन कन्सल्टेन्सीले अपिल गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार