मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

राप्रपाको सङ्कल्प पत्रः ‘अबको गन्तव्यः सबल, समृद्व र समुन्नत नेपाल’ बनाउने

Ujyalosandeshonline 12547+ समाचार ( )
२ फाल्गुन २०८२, शनिबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक गरेको छ ।धुम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको हो ।

‘अबको गन्तव्यः सबल, समृद्व र समुन्नत नेपाल’ भन्ने दीर्घकालीन सोचसहित राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिका विषय सङ्कल्प गरिएको छ । सङ्कल्प पत्रमा पार्टीको दृष्टिकोण, राजनीतिक स्थायित्व, सुशासन र पारदर्शी प्रशासनबारे प्रस्ट पार्दै पुँजी निर्माण, दिगो विकास, शिक्षा, स्वास्थ्यमा निःशुल्क पहुँच, सामाजिक सुरक्षा, युवा केन्द्रित उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । 

पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार देशलाई विसं २०८७ सम्म मध्यम आयस्तर भएको राष्ट्रका रूपमा विकास गर्ने मार्गचित्र समावेश गरिएको छ । पार्टीले पृथ्वीपथलाई अवलम्बन गर्ने सङ्कल्प गर्दै शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरण, प्रविधिको विकास र विस्तार रणनीतिक दिगो पूर्वाधार, दिगो सहर तथा बस्ती विकास, रोजगारमूलक उत्पादन र उत्पादकत्व अभिवृद्धि, प्रभावकारी सेवा प्रवाहका योजना अगाडि सारेको छ । 

राष्ट्रिय स्वतन्त्रता, अखण्डता, एकता, सार्वभौमिकता, प्राकृतिक धार्मिक सांस्कृतिक सम्पदाको संरक्षण, राष्ट्रिय सुरक्षाको मूल नीति बनाइने उल्लेख गरिएको पत्रमा जलस्रोत, पर्यटन, कृषि, सूचना प्रविधि, विदेशमा बस्ने नेपालीको सीप तथा पुँजी, निजी क्षेत्रको सहभागितामा देशको समग्र अर्थतन्त्रको जिडिपीमा ८२ प्रतिशत, पुँजी निर्माणमा ७७ प्रतिशत योगदान पु¥याउने लक्ष्य राखिएको छ । स्थानीय र केन्द्रीय दुई तहको शासकीय संरचना, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र कायम गर्ने प्रतिबद्धता जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार