मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुखको निधनमा रुपन्देहीभर शोक बिदा

Ujyalosandeshonline 12334+ समाचार ( )
१६ भाद्र २०८२, सोमबार

भैरहवा । रुपन्देही जिल्लामा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलमानको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै जिल्ला समन्वय समिति, रुपन्देहीले भदौ १७ गते मंगलबार जिल्लाभरका सबै स्थानीय तहका कार्यालयहरूमा शोक बिदाको घोषणा गरेको छ ।

जिल्ला समन्वय समितिको कार्यालय सिद्धार्थनगर, रुपन्देहीद्वारा जारी सूचना अनुसार, नगर प्रमुख मुसलमानको २०८२ भदौ १४ गते शनिबार बिहान ९ बजे हृदयघातका कारण निधन भएको थियो। उनको निधनले सिंगो रुपन्देही जिल्ला समन्वय परिवार स्तब्ध र मर्माहित भएको सूचनामा उल्लेख छ।

यस दुःखद घडीमा, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । रुपन्देही जिल्लास्थित स्थानीय तहहरूको सल्लाह बमोजिम नगर प्रमुखको निधनप्रति दुःख व्यक्त गर्दै जिल्लाभरका सबै गाउँ तथा नगरपालिकाहरू मातहतका सम्पूर्ण कार्यालयहरू भदौ १७ गते मंगलबार शोक बिदास्वरुप बन्द रहनेछन् ।

जिल्ला समन्वय समिति, रुपन्देहीका उप-प्रमुख रामकृपाल धोवीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भए अनुसार, यसै दिन गाउँपालिका र नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भएको छ। यस दुखद घटनाले रुपन्देही जिल्लालाई शोकमग्न बनाएको छ, र दिवंगत नगर प्रमुखप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण स्थानीय तहले शोक मनाउने भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार