मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

साइबर अपराध र जोखिम बारे जेनिस सोलुसन र प्रहरी बिच अन्तक्र्रिया

Ujyalosandeshonline 11844+ समाचार ( )
२९ जेठ २०८२, बुधवार

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले बढ्दो साइबर अपराध र जोखिमलाई मध्यनजर गर्दै बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । ‘साइबर अपराधको वर्तमान अवस्था, चुनौति र समाधान’ विषयक कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतलगायत सरोकारवाला निकायका प्रतिनिधि र व्यक्तिहरुको उपस्थिति थियो । 

कार्यक्रममा अन्तर्राष्ट्रिय सूचना प्रविधि (आईटी) कम्पनी जेनिस सोलुसनका प्राविधिक प्रमुख निरञ्जन कुँवरले साइबर सुरक्षाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा प्रहरीको साइबर ब्यूरो प्रमुख डीआईजी नवीन्द्र अर्याल, सूचना प्रविधि प्रमुख डीआईजी अरुण भण्डारी, एसएसपी ज्ञानेन्द्रराज राईलगायत प्रहरी प्रधान कार्यालयका विभाग, महाशाखाका उच्च प्रहरी अधिकारीको सहभागिता रहेको थियो ।

जेनिस सोलुसनका वरिष्ठ निर्देशक एवं आईटी इन्जिनियरहरु अमित जोशी, शरद बन्जरा, निर्वान पाल, सम्पन्न श्रेष्ठसमेत सहभागी कार्यक्रममा साइबर सुरक्षा सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोग र सुरक्षा रणनीतिबारे छलफल भएको कम्पनीको भनाई छ । 

साइबर सुरक्षा जोखिम बढ्दै गइरहेको पछिल्लो समयमा प्रहरीले आयोजना गरेको यस खालको बृहत् कार्यक्रमलाई सकारात्मक मानिएको छ । नेपालसहित ११ वटा देशमा कार्यालय स्थापना गरी आईटी सेवा प्रवाह गरिरहेको जेनिससँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । उक्त कम्पनीको प्रमुख अन्जनी फुँयाल नेपाली मुलका बेलायती हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार