मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ

Ujyalosandeshonline 11467+ समाचार ( )
२२ जेठ २०८३, शुक्रबार

बिर्तामोड । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी भारतको बिहार राज्य, अररिया जिल्ला, ग्राम पञ्चायत सिरसियाकला, थाना भरगामाका स्थायी बासिन्दा तथा हाल दमक–५ मा बस्दै आएका ३४ वर्षीय राकेशकुमार पण्डितलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

झापाकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले घटनाको अनुसन्धानका क्रममा सङ्कलन गरिएका प्रमाण, प्राविधिक विश्लेषण तथा विभिन्न सूचनाका आधारमा पण्डितलाई पक्राउ गरिएको बताउनुभयो । प्रहरीका अनुसार पण्डित दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडान गर्ने मिस्त्रीको काम गर्दै आएका थिए । मृतक तिवारी र आरोपितबीच पुरानै चिनजान रहेको तथा उनीहरूबीच नियमित भेटघाट हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा घटनाको राति पनि दुवै जनासँगै रहेको प्रमाण फेला परेको एसपी खड्काले बताउनुभयो । प्रारम्भिक अनुसन्धानबाट आर्थिक लेनदेन भएको पाइएको तथा बैंकबाट पैसा झिकी कारोबारसमेत भएको देखिएको, तत्पश्चात उनीहरूबीच विवाद भएको र त्यस क्रममा पण्डितले तिवारीको घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

हत्यापछि घटनालाई लुकाउने उद्देश्यले आरोपितले शवलाई बोरामा पोको पारी मोटरसाइकलमार्फत दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रको रतुवा खोलाको पुलमुनि लगेर फालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ । गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र पोको पारिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो । 

एसपी खड्काले घटनामा प्रयोग भएका सामग्री तथा अन्य प्रमाणहरूसमेत सङ्कलन गरिएको जानकारी दिँदै अभियुक्तविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा कानुनी प्रक्रियाको लागि जिल्ला अदालत झापावाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार