भैरहवा । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पदमा नेता बैजनाथ साहनीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । लगातार तीन कार्यकाल क्षेत्रीय पदाधिकारीका रूपमा काम गरिसक्नुभएका साहनीले आगामी महाधिवेशनका लागि सभापतिमा दाबेदारी प्रस्तुत गर्नुभएको हो ।
कांग्रेसको १२ औँ महाधिवेशनमा क्षेत्रीय कोषाध्यक्ष तथा १३ औँ र १४औँ महाधिवेशनमा क्षेत्रीय सचिवको जिम्मेवारी सफलतापूर्वक सम्हालि सक्नुभएका साहनीसँग लामो सङ्गठन सञ्चालनको अनुभव रहेको छ । तीन कार्यकालको सांगठनिक अनुभव र निरन्तरको क्रियाशीलता नै आफ्नो जितको मुख्य आधार रहेको उल्लेख गर्दै उहाँले सङ्गठनलाई अझ सुदृढ र सशक्त बनाउन क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएको बताउनुभयो ।