मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

‘बजार सुरक्षित नभएसम्म सुशासनको परिकल्पना असम्भव’

Ujyalosandeshonline 11005+ समाचार ( )
२ चैत्र २०८०, शुक्रबार

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बजार सुरक्षित नभएसम्म सुशासनको परिकल्पना सम्भव नभएको बताएका छन् । 

शुक्रबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले कुनै पनि तहका बजारमा सुशासन नभएको भन्दै यस्तो अवस्थामा सरकारमा सुशासनको परिकल्पना ‘बालुवामा पानी खनाउनु’सरह मात्रै भएको बताए ।  

उनले भने, ‘जबसम्म बजारमा सुशासन आउदैन्, तबसम्म देशमा आउदैन् । यो कुरा निश्चित हो । जुनसुकै तहका बजार वा सरकार हुन्, सबैले यदि बजारलाई सुरक्षित, मर्यादित, नियमित र संरक्षित गर्न सक्नुभएन भने हाम्रो देशमा सुशासनको परिकल्पना गर्नु भनेको बालुवामा पानी खनाउनु सरह मात्रै हो ।’ 

यस्तै, उनले उत्पादन, वितरण र उपभोग तीन कुरालाई नियमन गर्न सके वास्तवमै बजार सुरक्षित हुने भन्दै यस विषयमा सरकार कमजोर हुन नहुने बताए । 

उनले भने, ‘उत्पादन, वितरण र उपभोग तीन कुरालाई नियमन गर्न सक्यौ भने वास्तवमै बजार सुरक्षित हुन्छ, नियमित र असल हुन्छ । यस्तो भयो भने हामी सबै जनता पनि सुरक्षित हुन्छौ । राज्य यो विषयमा कमजोर हुनु हुदैन् । कमजोर भयो भने उपभोगीय सेवा र वस्तुमा गुणस्तरहिनता आउँछ । कुनै नयाँ खानेकुरा देख्ने वित्तिकै उतैतिर लाग्ने राज्यको प्रवृत्ति हटाउनुपर्छ । त्यसपछि मात्र सुशासन कायम हुनसक्छ । यस विषयमा भएका कानून समयमा नै लागू गर्नु पर्छ अनि मात्रै राज्य छ भन्ने जनतालाई महशुस हुन्छ ।’ 

उपभोक्ता, उपभोग्य वस्तु, गुणस्तर यि सबै कुराहरुलाई एकीकृत नगरेसम्म यसमा सबैको साझा धारण र सरोकार नभएसम्म यो समस्या समाधान गर्न नसकिने पनि उनको भनाई छ । 

उक्त कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव मुकुन्द निरौलाले हामीले बजार अनुगमन मात्र होइन्, नियमन गर्न आवश्यक भएको बताएका छन् । सबै क्षेत्रमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एक्लैले यी सबै क्षेत्रलाई समेट्न नसक्ने भन्दै बजार नियमनलाई पनि जोड् दिनुपर्ने बताए ।  

उनले भने, ‘नीजि क्षेत्रको शिक्षा महङ्गो, विकास निमार्णमा ढिलाईलगायतका नीति निर्माणका क्षेत्र, कार्यान्वयनका क्षेत्रमा व्यापक रुपमा कुरा उठ्छ । नीजि क्षेत्रबाट कामहरु समयमा नहुनु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एक्लैले यी सबै क्षेत्रलाई समेट्न नसक्ने यसको साथै जनतालाई निशुल्क भनेर वितरण गरेको सामान विक्री भएको हुन्छ, खाएर तितो भएपछि मात्रै डेट सकिएको थाहा हुन्छ, यस्तो अवस्था छ । त्यसकारण अब हामीले अनुगमन होईन्, नियमन गर्ने हो । बजार अनुगमन भन्दा पनि नियमनलाई पनि जोड्नुपर्छ ।’ 

आजैको दिनबाट एकअर्कालाई दोष होईन, आफैलाई सुधार गर्नेतर्फ अगाडि बढ्ने हो भने उपभोक्ता अधिकार स्थापित हुनसक्ने पनि उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार