मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

विश्व उपेक्षित उष्णप्रदेशिय रोग दिवस सम्पन्न

जैसमोहम्मद खान 76+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

मर्चवार । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस २०२४ विविध कार्यक्रम गरि मनाईएको छ । 

थुम्हवा पिपरहवा स्वयम हेरचाह कृषक समूह र सम्मरीमाई गाउँपालिकाको संयुक्त आयोजना तथा फेयरमेड र ईन्द्रेणी नेपालको सहयोगमा यस्ता रोगबारे जनचेतनामूलक ¥यालीको आयोजना गरिएको थियो । सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ सेमरहवा बिद्यालय देखि असुरैना स्वास्थ्य चौकी सम्म आयोजित ¥यालीमा बिद्यार्थी, महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्यकर्मि लगायत स्थानिय समाजसेवीहरु सहभागी रहेका थिए । 

उपेक्षित उष्णप्रदेशीय रोगहरु कुष्ठरोग, हात्तीपाइले, कालाजार, जुका, फिते जुका, रेबिज, सर्पदंश, लुतो, डेंगु चिकनगुनिया, खस्रे, माईसेटोमा, क्रोमोब्लाष्टेमीयसिस लगायतका रोगहरुबारे जनचेतना जगाउने ¥यालीको उद्देश्य रहेको थियो । 

“उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्यर एकता हाम्रो उदाहरण” भन्ने नारा सहित दिवस सम्पन्न भएको हो । सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तौलन केवटको अध्यक्षता, वडा सदस्य सुभरमती अहिरिनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मर्चवार लाईट ईङ्गलिस बोर्डिङ्ग स्कूलका सर्वेन्द्र मौर्य, एडी खान, असुरैना स्वास्थ्य चौकी प्रमुख सुखनन्दन पाल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन असुरैना स्वास्थ्य चौकीका अहेब गोरखनाथ भुजले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार