मर्चवार। रुपन्देहीको कोटहीमाई गाउँपालिकाले रसुवाका बाढीपहिरो पीडितका लागि रू ३५ लाख १७ हजार ३८४ सहयोग गर्ने भएको छ। गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रू १५ लाख र जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको तलबबाट रू २० लाख १७ हजार ३८४ संकलन गरी सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न लागिएको हो।
गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीका अनुसार विपद्को समयमा पीडितको उद्धार र राहतका लागि यो निर्णय गरिएको हो। बैंक खाता सञ्चालनमा आउनासाथ रकम कोषमा दाखिला गरिने प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले बताउनुभयो।