मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

पश्चिम सेती जलविद्युत परियोजना माओवादीले अघि बढाएको हो : प्रचण्ड

Ujyalosandeshonline 12547+ समाचार ( )
४ जेठ २०८२, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन् । ‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ का क्रममा डोटीको दीपायलमा आयोजित भव्य जनसभामा बोल्दै उनले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो नेतृत्वमा भएको भन्दै त्यसप्रति आफु गम्भिर रहेको बताएका हुन् ।  

‘यो क्षेत्रको आर्थिक विकासका निम्ति ठुलो परियोजनाको रुपमा रहेको पश्चिम सेती जलविद्युत परियोजना झण्डै साढे सात सय मेगावटको परियोजना हाम्रै पार्टीका उर्जामन्त्री पोष्ट बहादुर बोगटी हुनुभएको बेलामा भएको हो । सेती परियोजनालाई अगाडि बढाउन चिनियाँ कम्पनीसँग पनि उहाँले सम्झौता गर्नुभएको थियो । तर त्यो पछि रद्ध गरियो । पश्चिम सेती जलविद्युत परियोजना अगाडि बढाउन हाम्रो पार्टी गम्भिर रहेको छ । त्यसलाई कुनै न कुनैरुपले सम्पन्न गर्नुपर्छ भन्नेमा हामी प्रस्ट छौ,’ उनले भने ।  प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा लोकमार्गको प्रस्ताव अघि सारेको बताए ।

उनले भने, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग मध्य पहाड र हिमालमा बस्ने जनताको हितलाई विचार गरेर, राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान चलोस्, यस क्षेत्रबाट बसाइसराइको विकराल समस्या देखिएको छ, त्यसलाई रोक्न सकिन्छ भन्ने उद्देश्यले मैले नै प्रस्ताव गरेको हुँ । अहिले यो सम्पन्न हुँदैछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार