मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

पक्लिहवा माविमा शिक्षामा सशक्तिकरण विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12342+ समाचार ( )
२५ मंगशिर २०८०, सोमबार

भैरहवा । श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर वडा नम्बर १ पक्लिहवामा ‘शिक्षामा सशक्तिकरण : वर्तमान चुनौतिहरुको सामूहिक समाधान’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा फिनल्याण्डका ल्युट विश्वविद्यालयका पिएचडी स्कलर्स राजन वि.क. तथा विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतले सहजकर्ताको भूमिका निर्वाह गरेकाथिए ।

कार्यक्रममा वर्तमान समयमा शिक्षा क्षेत्रमा देखिएका विभिन्न चुनौतिहरुको क्रमबद्ध रुपमा छलफल गरी त्यसका सामुहिक समाधानका उपायहरु के हुन सक्छ भनी विभिन्न विकल्पहरुमा अन्तरक्रिया, विश्वव्यापी रुपमा गरिएका प्रयासहरु तथा स्थानीय रुपमा गर्न सकिने समाधानका पाइलाहरुमा विचार विमर्श गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले प्रयोगात्मक र अन्तरक्रिया मार्फत गरिने यस्ता कार्यक्रमहरुले शिक्षा क्षेत्रमा रुपान्तरण गर्न सकिने बताए । उनले सिकाइको प्रक्रिया सहज बनाउन र विद्यार्थीहरुको बालमनोविज्ञानलाई बुझन र सोहीअनुरुप विकास गर्न महत्वपुर्ण सहयोग पुग्ने बताए ।विद्यालयका सहायक प्रधानाध्यापक शेर बहादुर थापाको स्वागत तथा शिक्षक देवी प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार याम बहादुर थापा, सदस्य शिवशंकर गुप्ता, मेउडिहवा आधारभूत विद्यालयका प्रधानाध्यापक आशा थापा, विद्यालयका शिक्षकशिक्षिका, कर्मचारी तथा विद्यार्थी गरी करिब ७० जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार