सन्धिखर्कमा सहिद टंकमणि शर्माको जीवनी समेटिएको पुस्तक 'टंकमणि एक क्रान्तिबिज' को भव्य विमोचन

अनिल नेपाली 141+ समाचार ( )
२२ अशोज २०८२, बुधवार

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा दिवंगत नेकपा माओवादी नेता राम प्रसाद बन्जाडे (टंकमणि शर्मा) को योगदानको स्मरणमा 'टंकमणि एक क्रान्तिबिज' नामक पुस्तक विमोचन तथा परिवार सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। सहिद स्मृति प्रतिष्ठान अर्घाखाँचीको आयोजनामा भएको यस कार्यक्रममा टंकमणि शर्माको राजनैतिक र सामाजिक जीवनका महत्त्वपूर्ण कार्यहरू समेटिएको पुस्तकमा विभिन्न लेखक तथा राजनीतिक विश्लेषकहरूले व्याख्या गरेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य चन्द बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, भूमिकास्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडे लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो। उनीहरूले दिवंगत टंकमणिको योगदानको चर्चा गर्दै आ-आफ्नो धारणा व्यक्त गरेका थिए। कार्यक्रम सहिद स्मृति प्रतिष्ठान भवन अर्घाखाँचीका अध्यक्ष ठाकुर कुमार विकको अध्यक्षता र नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य देव बहादुर रायमाझीको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार