मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

स्वास्थ्य क्षेत्रका कानुनी र नीतिगत व्यवस्था समय सापेक्षित सुधार हुन्छ : मन्त्री पौडेल

Ujyalosandeshonline 12321+ समाचार ( )
२७ श्रावण २०८१, आइतबार

काठमाडौं । स्वास्थ्यतथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा नियमावली संशोधन गरी स्वास्थ्य बीमा ऐनमा भएको व्यवस्था लाई कार्यान्वयन गरिने बताएका छन् । 

आइतबार मन्त्रालयमा कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गर्दै उनले स्वास्थ्य क्षेत्रका कानुनहरु कार्यान्वयनका लागि कानुनी सुधार जरुरी रहेकाले स्वास्थ्य बिमा नियमावली संशोधन गरेर बिमा ऐनलाई परिमार्जन गरी अगाडि बढाइने बताए । 

उनले भने,‘स्वास्थ्य बीमा नियमावली संशोधन गरी स्वास्थ्य बिमा ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गरिने छ । यसको कानुनी प्रवन्धमा सुधार गर्न जरुरी छ । त्यसैले स्वास्थ्य बीमा नियमावली संशोधन गरेर ऐनलाई परिमार्जन गरी अगाडि बढाउने छौं ।’ 

उनले अभ्यास गर्दै आएका केही कानुनी र नीतिगत प्रवन्धहरुलाई समय सापेक्षित सुधार गर्नेगरी पस्ताव गरेको जानकारी दिए ।

उनले भने,‘हामीले अभ्यास गर्दै आएका केही कानुनी प्रवन्धहरुलाई समय सापेक्षित सुधार गर्ने केही नीतिगत प्रवन्धहरुलाई पनि आवश्यकता अुनसार सुधार गर्ने गरी प्रस्ताव गरेका छौं । संवैधानिक प्रावधान अनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि र संघीयताको पूर्ण कार्यन्वयनका लागि आवश्यक नीति तथा कानुनको तर्जुमा संशोधन तथा एकीकरण गर्न आवश्यक देखिन्छ ।’  

स्वास्थ्य मन्त्री पौडेलले नेपाल सरकारले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरुमा दोहोरोपना हुन नदिन कार्यान्वयनको नीति अघि सार्ने तथा विद्यमान नीतिमा पुनरावलोकन गरिने पनि बताए । 

उनले दुर्गममा स्वास्थ्य सेवा लैजान जनशक्ति व्यवस्थापन, स्वास्थ्य सेवा प्रवाहमा प्रतिष्ठान, मेडिकल कलेज तथा विशिष्टीकृत अस्पताल सँग साझेदारी र समन्वय गरी कामगर्ने प्रतिवद्धता समेत जनाए । उनले स्वास्थ्य बिमा कार्यक्रममा सुविधाको दायरा पाँच लाख रुपैयाँ पु¥याउन प्रस्ताव गरेको छन् ।

अनौपचारिक क्षेत्रलाई समेत समेटेर सामाजिक सुरक्षाका सबै कार्यक्रमलाई बिमामा समेट्ने गरी प्रक्रिया अघि बढाउने प्रस्ताव ल्याएको उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार