मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

युवा साहित्य महोत्सव २०२५ सम्पन्न

Ujyalosandeshonline 11768+ समाचार ( )
२९ चैत्र २०८१, शनिबार

काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघले आयोजना गरेको युवा साहित्य महोत्सव २०२५ समापन भएको छ । २०८१ चैत्र २५ देखि २९ गतेसम्म सञ्चालन भएको साहित्य महोत्सवमा विभिन्न विधामा प्रतियोगिता भएको थियो । साहित्य सम्मेलनअन्तर्गत विभिन्न विधामा उत्कृष्ट युवाहरुलाई शुक्रबार पुरस्कृत गरिएको थियो ।

साहित्य महोत्सव अन्तरगत ४० वर्षमुनिका युवारुलाई लक्षित गरेर आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा भक्तपुर मल्टिपल क्याम्पसकी विनिता तामाङ प्रथम भएकि थिईन् । उनले १ लाख रुपैयाँ जितिन् । दिग्विजय लामिछाने दोस्रो र इशा थापा तेस्रो हुँदै ५० हजार र ३० हजार रुपैयाँ जितेका थिए ।

निबन्धतर्फ मनोज बुढा प्रथम हुदैँ ५० हजार रुपैयाँ जितेका थिए भने दोस्रो भएकी ज्योति घिमिरेले ३० हजार र देबु गिरीले तेस्रो हुँदै २० हजार रुपैयाँ जितिन् । 

यस्तै, गजल विधामा प्रथम दिपिन सिजापति भएका थिए । प्रथम स्थान हासिल गरेका सिजापति  नगद पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गर्न सफल भएका छन् । गजल तर्फ नै दोस्रो स्थान हासिल गर्दै अंकित आचार्यले नगद ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । साथै तेस्रो स्थान हासिल गर्दै खिमा नन्द जोशीले २० हजार रुपैयाँ  पुरस्कार पाएका छन् । 

यसैगरी, कविता प्रतियोगिता तर्फ जीवन आरोहीले पहिलो स्थान हासिल गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । दोस्रो स्थान हासिल गर्दै रबिना कँडेलले ३० हजार  नगद पुरस्कार  प्राप्त गरिन् भने तेस्रो स्थान हासिल गर्दै सन्तोष पौडेलले २० हजार  रुपैयाँ पुरस्कार  प्राप्त गर्न सफल भए  । उक्त प्रतियोगितामा १००० जनाको  सहभागिता रहेको थियो । कार्यक्रममा युवा वैज्ञानिक निश्चल बानियाँ र डा. प्रकाश महतलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार