मुख्य समाचार
विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव | भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने | भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा | रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार |

लहानमा उल्टो गङ्गा : जसले लुटे, उनैले फिर्ता गर्दैछन् चामल र चिनी !

Ujyalosandeshonline 12529+ समाचार ( )
३० भाद्र २०८२, सोमबार

लहान, सिरहा । गत साता आन्दोलनको मौकामा सरकारी गोदाम रित्याएकाहरू अहिले रातारात त्यही सामान फिर्ता गरिरहेका छन् । लहानमा ’जेनजी आन्दोलन’का क्रममा लुटिएको करोडौँको सम्पत्ति फिर्ता हुन थालेपछि यो घटनाले अहिले सबैको ध्यान तानेको छ ।

‘कि सामान फिर्ता गर, नत्र सीसीटीभी हेरेर घरमै आउँछौँ,’प्रशासनको यो सन्देशपछि लुटपाटमा संलग्नहरूमा डर पैदा भएको छ । इज्जत जाने र कानुनी कारबाही हुने डरले केही व्यक्ति आफैँ र केहीले स्थानीय युवाहरूमार्फत लुटेको चामल र चिनी गोदाममा फिर्ता गर्न थालेका छन् ।

आइतबार रातिसम्म ७१ क्विन्टल चामल र १८ क्विन्टल चिनी फिर्ता भइसकेको छ, तर यो लुटिएको कुल परिमाणको सानो अंश मात्र हो । खाद्य कम्पनीका अनुसार करिब ११ करोडको क्षति भएको छ, जसमा हजारौँ क्विन्टल खाद्यान्न, धान, बोरा र कार्यालयका महत्त्वपूर्ण उपकरणसमेत छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार