मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

डलर देखाएर १० वर्षदेखि ठगी, दम्पतीसहित तीन जना पक्राउ

Ujyalosandeshonline 12612+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार

काठमाडौं । डलर देखाएर ठगी गरेको आरोपमा काठमाडौं प्रहरीले तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

ठगी आरोपमा पक्राउ परेकाहरूलाई  काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको गरेको हो ।

प्क्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका –५ घर भई गोकर्णेश्वर नगरपालिका–४ तालिन्चोक बस्ने ६० वर्षीय रामबहादुर तामाङ, उनकी ५१ वर्षीया श्रीमती बिबी तामाङ र काठमाडौं गल्कुपाखा बस्ने ३६ वर्षीय शंकर रेग्मी रहेका छन् ।

यीमध्ये रेग्मी फोरेन एक्सचेन्ज सेन्टर प्रालिका संचालक हुन् । उनले नै रामबहादुरलाई डलर उपलब्ध गराउने गरेको पाइए प्रहरीले जनाएको छ ।

उनीहरूले एक डलर ५० रुपैयाँको दरले दिने भन्दै लाखौंको डिल गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

यसरी ठगी गरिरहेको भन्ने सूचनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार रामबहादुर पछिल्ला डेढ वर्षमा तीन वटा घटनामा संलग्न रहेको देखिएको छ ।

उनले यस्तो काम १० वर्षदेखि गर्दै आएको र अहिलेसम्म पक्राउ नपरेको बयान दिएका छन् ।  ‘१० वर्षमा कति ठगी गरेँ भन्ने यकिन संख्या उनलाई पनि थाहा छैन,’ राठौरले भने, ‘डलर ठगीका ९० प्रतिशत घटनामा उनको संलग्नता देखिन्छ ।’

प्रहरीले उनीहरूबाट ६०७ अमेरिकी डलर, डलर आकारमा काटिएका रकम, ७१ हजार रुपैयाँ, मोबाइल पनि बरामद गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै