मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

महिलाहरुलाई सेनेटरी प्याड बनाउन सिकाउदै ओमसतिया

Ujyalosandeshonline 12547+ समाचार ( )
२६ चैत्र २०८०, सोमबार

भैरहवा । ओमसतिया गाउँपालिकाको आयोजना तथा हातेमालो बहुउद्देश्यीय केन्द्रको ब्यवस्थापनमा वडा नम्बर १, २ र ३ का महिला तथा किशोरीहरुका लागि सेनेटरी प्याड बनाउने तालीम आईतबार सम्पन्न भएको छ ।

६ दिन सम्म सञ्चालित तालीम कार्यक्रममा वडा नम्बर १ का २८ जना महिला तथा वडा नम्बर २ र ३ का गरि २५ जनाको सहभागीता रहेको थियो । समापन कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले तालीममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न आग्रह गरिन् । उनले पालिकाले महिलाहरुका लागि अत्यावश्यक रुपमा रहेको सेनेटरी प्याड आफै बनाएर प्रयोग गर्न मिल्ने र यसलाई बिक्रि गरि आय आर्जन गर्ने उद्देश्य सहित तालीमको आयोजना गरिएको बताईन ।

तालीम पछि सम्बन्धित महिलाहरुले प्याडको लागि आवश्यक पर्ने कच्चा पदार्थ देखि उत्पादित प्याडहरुको बजारीकरणमा पालिकाले सहजीकरण गर्ने प्रतिवद्धता जनाईन । उत्पादित प्याडहरु पालिकामै रहेका बर्थिङ्ग सेन्टरहरु तथा बिद्यालयमा छात्राहरुले प्रयोग गर्न मिल्ने गरि तयार भएकोले यसको बजारीकरणमा समस्या नहुने उनको भनाई थियो । उनले उपाध्यक्ष लक्षित बिभिन्न कार्यक्रमहरुबाट महिला, आदिवासी जनजाती लगायतको लागि यस्ता सीपमूलक तालीम कार्यक्रमहरुको आयोजना गरिएको बताईन ।

वडा नम्बर २ का वडा अध्यक्ष शितल जिटीले आफ्नो वडाले बनाएको सेनेटरी प्याड वडा स्तरमै खपत हुने बताउदै बजारीकरणको समस्या नरहेको बताए । उनले नेपालमा उत्पादीत सेनेटरी प्याड अपुग भएकै कारण भारतबाट ठूलो मात्रामा सेनेटरी प्याढ आयात गर्नुपरेको बताए । स्थानिय स्तरमै उत्पादित सेनेटरी प्याडले आयातलाई पनि निरुत्साहित गर्ने हुदा यस्तो काममा लाग्न उनले वडाका महिलाहरुलाई आग्रह गरे । 

शुभकामना आमा समूहको अध्यक्ष समेत रहेकी सहभागी कल्पना काफ्लेले तालीमले आफुलाई उत्साहित बनाएको बताईन् । उनले ६ दिने तालीमको कारण आफुले राम्रो सेनेटरी प्याड बनाउन जानेको बताइन् । आफ्नो समूहका महिलाहरु यसलाई व्यसायीक रुपमा अंगाल्न उत्सुक रहेको जनाउदै यसबारे पालिकाको सहजीकरण लिने बताइन् । 

वडा नम्बर २ मा शितल जिटीको अध्यक्षता तथा वडा नम्बर १ मा बिनोद कुमार घिमिरेको अध्यक्षता एवम गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा कार्यपालिका सदस्य सुधार हरिजन, वडा सदस्य कलाधर लम्साल, हातेमालो बहुउद्देश्यीय केन्द्रको अध्यक्ष लक्ष्मी गुप्ता, सचिव ज्योत्सना हरिजन सहभागी पुष्पा वस्ती, शान्ती कार्की लगायतले बोलेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार