मुख्य समाचार
यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग |

रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो

Ujyalosandeshonline 12535+ समाचार ( )
३० अशोज २०८३, शुक्रबार

रूपन्देही । जिल्लामा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय, भैरहवाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ७७७ वटा उद्योग तथा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । यसमध्ये ३२२ वटा उद्योग र ४५५ वटा व्यावसायिक फर्म रहेका छन् ।

कार्यालयका सूचना अधिकारी मोहन परियारका अनुसार उद्योग तथा व्यावसायिक फर्म बन्द गर्ने क्रम चालु आवमा पनि जारी छ । आव २०८३/८४ को साउन र भदौमा मात्रै ८१ वटा उद्योग र १२७ वटा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । पछिल्लो तथ्याङ्कले जिल्लामा नयाँ उद्योग तथा व्यवसाय दर्ता भइरहँदा पुराना उद्योग र व्यावसायिक फर्म बन्द हुने क्रम पनि कायम रहेको देखाएको छ ।

कार्यालयका अनुसार चालु आवको पहिलो दुई महिनामा २३५ वटा उद्योग र ४०४ वटा व्यावसायिक फर्म दर्ता भएका छन् । नयाँ दर्ताको सङ्ख्या उल्लेख्य रहे पनि पुराना उद्योग तथा व्यवसाय बन्द हुनु निजी क्षेत्रको व्यावसायिक अवस्थाबारे चासोको विषय बनेको छ । आव २०८२/८३ सम्म रूपन्देहीमा २० हजार पाँचवटा उद्योग र पाँच हजार ३५९ वटा वाणिज्य फर्म दर्ता भएका छन् । कार्यालयले उद्योग तथा वाणिज्य फर्म दर्ता, नवीकरण, लगत कट्टा, सीपमूलक तालिम सञ्चालन तथा बजार अनुगमनलगायतका काम गर्दै आएको छ ।

उद्योग तथा व्यावसायिक फर्मको दर्ता र नवीकरणबाट कार्यालयले गत आवमा रु दुई करोड ६० लाख तीन हजार ४८१ राजस्व सङ्कलन गरेको सूचना अधिकारी परियारले जानकारी दिनुभयो । उद्यमशीलता तथा व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले चालु आवमा पनि १५ प्रकारका निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्न सूचना आह्वान गरिएको उहाँले बताउनुभयो ।

जिल्लामा उद्योग तथा व्यवसाय बन्द हुनुका पछाडि कारोबारमा कमी, लगानीअनुसार प्रतिफल प्राप्त नहुनु र व्यावसायिक वातावरणप्रतिको असन्तुष्टिलगायतका समस्या रहेको व्यवसायीले बताएका छन् । केही व्यवसायीले उद्योग वा फर्म दर्ता गरे पनि सञ्चालन गर्न नसकेको अवस्थामा लगत कट्टा गर्ने गरेका छन् भने केहीले सञ्चालनमा रहेका व्यवसायसमेत बन्द गर्नुपरेको छ । भैरहवाका केही व्यवसायी व्यवसाय बन्द गरेर रोजगारी तथा अवसरको खोजीमा विदेश गएको बताइएको छ । स्वदेशमा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण नपाएको र लगानीअनुसार प्रतिफल प्राप्त गर्न कठिन भएको उनीहरूको भनाइ छ ।

उद्योग तथा व्यावसायिक फर्मको दर्ता सङ्ख्याले उद्यमशीलताप्रतिको आकर्षण देखाए पनि बन्द हुने फर्मको सङ्ख्याले व्यवसायलाई निरन्तरता दिनुपर्ने चुनौतीसमेत उजागर गरेको छ । नयाँ उद्यम स्थापना गर्न प्रोत्साहन गर्नुका साथै सञ्चालनमा रहेका उद्योग तथा व्यवसायका समस्या पहिचान गरी लगानीको वातावरण सुधार गर्न सके स्थानीय उत्पादन, रोजगारी सृजना र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै