मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट : कास्कीको विजयी सुरुवात

Ujyalosandeshonline 10783+ समाचार ( )
१ असार २०८१, शुक्रबार

पोखरा । गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगिताका कास्कीले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा शुक्रबारबाट सुरु भएको खेलमा बागलुङलाई ३७ रनले पराजित गरी विजयी सुरुवात गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतीमा १६२ रन बनायो । कास्कीका मुस्कान थापाले चार चौका र एक छक्का प्रहार गर्दै ३७ रनको योगदान दिए भने अर्जुन कुमालले आक्रमक पारी खेल्दै २४ बलमा सात चौकाको सहयोगले ३६ रन बनाए । त्यस्तै अभिषेक थापाले २९ बलमा एक छक्का र चार चौकाको मद्धतले ३३ रन बनाए । 

बागलुङका लागि आश्विन थापाले चार ओभरमा २५ रन खर्चिएर २ विकेट लिंदा संचार निउरेले पुरै चार ओभरको बलिङ स्पेलमा ३४ रन दिएर समान २ विकेट लिए । बागलुङका लागि चन्दन यादव र महेश ओझाले समान १–१ विकेट लिए । 

यता १६३ रनको बिजयी लक्ष्य पछ्याएको बागलुङ २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १२५ रन मात्रै बनाउन सक्यो । बागलुङका लागि ३७ बलमा दुई छक्का प्रहार गर्दै २६ रनको व्यक्तिगत योगदान दिए अर्जुन रायमाझीले २५, आराश तामाङले २४, चन्द्रदिप यादवले १९ रन बाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । 

कास्कीका लागि खेलको म्यान अफ दि म्याच समेत रहेका विश्वास पराजुलीले कसिलो बलिङ गर्दै ३ ओभरमा २८ रन दिएर ३ विकेट हात पारे । त्यस्तै सुवास भण्डारी र विपिन खत्रीले समान २–२ विकेट लिंदा आदित्य थापाले १ विकेट हात पारे । 

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले परिषदले खेलकुदको विकासका लागि विभिन्न प्रतियोगिताहरुको आयोजना गरीरहेको बताउँदै नेपाली क्रिकेटले यति बेला अन्तर्राष्ट्रिय क्षेत्रमा नै उत्कृष्ट पहिचान दिएको उल्लेख गरे । 

प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम, पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठलगायतको सहभागिता रहेको थियो । 

उद्घाटन खेलको म्यान अफ दि म्याच प्राप्त गर्ने विश्वास पराजुलीलाई प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, पर्वत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङ, नवलपुर जिल्ला खेलकुदका अध्यक्ष सेतमान पुनले नगद १ हजार सहित ट्रफी वितरण गरेका थिए । 

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा असार ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ८ जिल्लाको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु १ लाख र उपबिजेताले नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तर्गत हरेक दिन २ खेल सञ्चालन हुने संघका अध्यक्ष सिग्देलले जानकारी दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार