मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सशस्त्र प्रहरीको एक्सन : भैरहवामा १० हजार केजी बढी चिनी बरामद

Ujyalosandeshonline 12437+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

भैरहवा । सशस्त्र प्रहरीले रुपन्देहीमा १० हजार २ सय ५० केजी अवैध चिनी बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन न्यौपानेको कमाण्डमा खटिएको सीमा अनुगमन टोलीले बिहीबार बिहान साढे ९ बजे चिनी बरामद गरेको हो ।

‘विशेष सूचनाको आधारमा भारतबाट अवैध रुपमा चिनी नेपाल ल्याइ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित चिनी मिल ईलाकामा गोदाम गरी नेपाली चिनी मिलहरुको बोरामा प्याकिङ्ग गरी सिलाइरहेको रहेको अवस्थामा पचिनी बरामद गरिएको हो, ’डीएसपी न्यौपानेले भने । डीएसपी न्यौपानेका अनुसार बोरा पल्टी गरिरहेका मानिसहरु सुरक्षा टोलीलाई देखेपछि गोदाम छाडेर भागेका थिए ।

गोदाममा रहेको १० हजार २ सय ५० केजी चिनी र १ थान बोरा सिलाउने मेसिन भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएकोमा चिनीको मूल्य रु. ६ लाख ६६ हजार २ सय ५० र मेसिनको मूल्य रु. १० हजार गरी रु. ६ लाख ७६ हजार २ सय ५० मा भन्सार दाखिला भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार