एमाले कमजोर हुँदा राष्ट्रियता र स्वाभिमानमा आँच आउँछ : सचिव विश्वकर्मा

Ujyalosandeshonline 12323+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले एमाले कमजोर हुँदा देशको राष्ट्रियता, देशभक्ति, भौगोलिक अखण्डता र नेपाली जनताको स्वाभिमानमा असर पर्ने बताउनुभएको छ। नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीको नवौँ पूर्ण बैठक तथा ‘मिसन पार्टी जागरण अभियान’को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विश्वकर्माले वर्तमान चुनौतीहरूलाई सामना गर्न सक्ने गरी पार्टीलाई साङ्गठनिक रूपमा बलियो बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीलाई समयसापेक्ष सुधार्न, रूपान्तरण गर्न र गम्भीर आत्मसमीक्षा गर्दै अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

नयाँ राजनीतिक दलहरूतर्फ सङ्केत गर्दै नेता विश्वकर्माले हाल जनतामा देखिएको अन्योल र मत परिवर्तन धेरै दिन नटिक्ने दाबी गर्नुभयो। जनता नै सार्वभौमसत्ता सम्पन्न र देशको अन्तिम निर्णायक शक्ति भएकाले जनआकांक्षा अनुसार एमालेले आफ्ना गतिविधि अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो। सचिव विश्वकर्माले जननेता मदन भण्डारी र संस्थापक नेता पुष्पलालका विचारका साथै देशको वस्तुगत स्थितिलाई मुख्य आधार मानेर पार्टीले भावी नीति निर्माण गरी अघि बढ्ने स्पष्ट पार्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार