मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

एमाले कमजोर हुँदा राष्ट्रियता र स्वाभिमानमा आँच आउँछ : सचिव विश्वकर्मा

Ujyalosandeshonline 12612+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले एमाले कमजोर हुँदा देशको राष्ट्रियता, देशभक्ति, भौगोलिक अखण्डता र नेपाली जनताको स्वाभिमानमा असर पर्ने बताउनुभएको छ। नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीको नवौँ पूर्ण बैठक तथा ‘मिसन पार्टी जागरण अभियान’को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विश्वकर्माले वर्तमान चुनौतीहरूलाई सामना गर्न सक्ने गरी पार्टीलाई साङ्गठनिक रूपमा बलियो बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीलाई समयसापेक्ष सुधार्न, रूपान्तरण गर्न र गम्भीर आत्मसमीक्षा गर्दै अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो।

नयाँ राजनीतिक दलहरूतर्फ सङ्केत गर्दै नेता विश्वकर्माले हाल जनतामा देखिएको अन्योल र मत परिवर्तन धेरै दिन नटिक्ने दाबी गर्नुभयो। जनता नै सार्वभौमसत्ता सम्पन्न र देशको अन्तिम निर्णायक शक्ति भएकाले जनआकांक्षा अनुसार एमालेले आफ्ना गतिविधि अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो। सचिव विश्वकर्माले जननेता मदन भण्डारी र संस्थापक नेता पुष्पलालका विचारका साथै देशको वस्तुगत स्थितिलाई मुख्य आधार मानेर पार्टीले भावी नीति निर्माण गरी अघि बढ्ने स्पष्ट पार्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार