मुख्य समाचार
पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक | अधुरा आयोजनाका लागि बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिस | नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल |

साई ग्लोबल कपः कालिका र भैरहवा नमूनाको सहज जित

Ujyalosandeshonline 11435+ समाचार ( )
२२ पौष २०८१, सोमबार

भैरहवा । रुपन्देहीको भैरहवामा जारी साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगितामा सोमबार भएका दुई खेलमा बुटवल कालिका क्याम्पस र भैरहवा नमूना उच्च माविले सहज जित निकालेका छन् । कालिकाले युसियमयसलाई ८ विकेट र भैरहवा नमूनाले लुम्बिनी बाणिज्य क्याम्पसलाई ७ विकेटले पराजित गर्दै सहज जित हात पारेका हुन् ।

यहाँस्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको युसियमयसले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय १४ रन बनायो । उसका लागि सुरज पौडेलले ३३, अजित यादवले नटआउट २७, सफिउल्लाह खानले २३ र सलिम अलीले १४ रन बनाए । बलिङमा बुटवल कालिकाका अभिषेक गौतमले ४, प्रज्वल थापाले २ र कमल जैशीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल कालिकाले १६ ओभरमा २ विकेटको नोक्सानीमा १ सय १५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा प्रज्वल थापाले ५० रनको अर्धशतकीय पारी खेले । यस्तै, रन्जित खड्काले अविजित ३० र गगन अधिकारीले नटआउट ११ रनको योगदान गरे । बलिङमा युसियमयसका नितिनकुमार झा र सफिउल्लाह खानले १–१ विकेट लिए । खेलमा प्रज्वल थापा प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी बाणिज्यले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रनको मध्यमस्तरको लक्ष्य प्रस्तुत गर्यो । उसका लागि सन्देश पौडेल र अर्चित सुवेदीले समान १७, निरज भण्डारीले १६ र सुहान भण्डारीले १२ रन बनाए । बलिङमा भैरहवा नमूनाका सन्नी गौतमले ४, दीपेन्द्र मल्लाहले २ र अमित यादवले १ विकेट लिए ।

भैरहवाका नमूनाले १४ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५ रन बनाई सहज जित निकाल्यो । उसको जितमा समिर अलीले ५५ रनको अर्धशतकीय पारी खेल्दा इरफान खानले २९ रनको योगदान गरे । बलिङमा लुम्बिनी बाणिज्यका हिरामणि भण्डारी र रोशन थापाले समान १–१ विकेट लिए । खेलमा सन्नी गौतम प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ पाए ।

रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा प्रतियोगिता भइरहेको हो । प्रतियोगिताको विजेता टिमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार