मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

रोहिणीमा ससदीय निर्वाचनको झल्को दिने विद्यालय व्यवस्थापन समितिको निर्वाचन

Ujyalosandeshonline 12321+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

भैरहवा । पछिल्लो समय नेपालका शैक्षिक संस्थाहरुमा ससदीय निर्वाचनको झल्को दिनेगरी विद्यालय व्यवस्थापन समितिको निर्वाचन भएको छ । दलीय राजनितिको आधारमा प्यानल खडा गरेर विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ । 

रुपन्देहीको रोहिणी गाउँपालिका स्थित पोखरभिण्डी माध्यमिक विद्यालयको व्यवस्थापन समिति चयन गर्न दलीय राजनीतिको आधारमा प्यानल खडा गरिएको थियो । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र   राष्ट्रिय प्रजातन्त्र पार्टी (रापप्रा) र स्वतन्त्र गरी तीनवटा प्यानल चुनावी मैदानमा उत्रिएका थिए । 

जसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (रापप्रा) र स्वतन्त्र प्यानलका उम्मेदवारलाई जनता समाजवादी पार्टी, नेपाल (जसपा)को प्यानलले पराजित गरेको छ ।

जसपाको तर्फबाट उम्मेदवार बनेका निर्वाचनमा खुल्ला सदस्यमा शिव कुमार यादवले १३०, रिंकु हरिजनले १२७ तथा महिला सदस्यमा ममशिला कहाँरले १२५ र किरन भुज १२९ मत लिएर सदस्यमा निर्वाचित भए । निर्वाचनमा ३९४ जना मतदाता (अभिभावक) मध्ये ३५४ मत खसेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार