मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं अगाडि हुन्छ : अर्थमन्त्री

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण  कम्पनीहरुको रकम भुक्तानी दशैं अगाडि हुने आश्वासन दिएका छन् ।

बुधबार अर्थ मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको छलफलमा निर्माण सम्पन्न गरिसकेका कम्पनीहरुले पाउनुपर्ने बक्यौता भुक्तानि प्रक्रियामै रहेकोले चिन्ता नलिन आग्रह गरे ।

उनले भने, ‘निर्माण व्यवसायीहरुले सम्पन्न गरेको कामको भुक्तानि पाउनुपर्छ भनेर म मन्त्री भएर आएदेखि नै भन्दै आइरहेको छु । त्यसका लागि सरकारले आवश्यक प्रबन्ध मिलाउनुपर्छ भनेर जोड दिँदै आएको छु । त्यसका लागि २० अर्ब जति भुक्तानि भएको पनि छ ।

तर यो पनि सत्य हो कि त्यो पैसाबाट निर्माण व्यवसायीहरुले पाउनुपर्ने दायित्व पाइसकेको छैन । हामी सम्पन्न भएको कामको भुक्तानिका लागि काम गरिरहेका छौं । केही प्रक्रिया रोकिएको छैन । तपाईले भुक्तानि पाउनुहुनेछ । दशैं अगाडि नै हामी प्रयास गर्छौं । संसदले पास गरेको बजेटका लागि तपाईहरुले चिन्ता गर्नुपर्दैन ।’

निर्माण कम्पनीहरुले पाउनुपर्ने रकम धेरै र उक्त शिर्षकमा बजेट कम छुट्याएको कारण भुक्तानिमा समस्या भएको अर्थमन्त्री पौडेलको भनाइ छ ।

उनले अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठुलो धनजनको क्षति भएको कारणले क्षतिबाट बाहिर निकाल्न सबै पक्ष लाग्नुपर्ने बताए ।

‘अविरल वर्षापछि आएको बाढी र पहिरोले सार्वजनिक सम्पत्तिदेखि नीजि घर, खेत, जमिन र भौतिक संरचनाहरु बगाएको स्थिति छ । व्यवसायीक संरचनाहरु ध्वस्त भएका छन् । निकै ठुलो क्षति चाँही मुलुकले व्यहोर्नुपरेको छ । यस्तो अवस्थामा क्षतिबाट मुलुकलाई बाहिर निकाल्नका लागि नेपाल निर्माण व्यवसायी महासंघको सहयोगको पनि अपेक्षा गर्न चाहान्छु ।

यसका लागि तपाईले राख्नुभएको चासो र चिन्ता र सहयोगको प्रतिबद्धताका लागि धन्यावाद समेत दिन चाहान्छु । तर भुक्तानि गर्नुपर्ने रकम धेरै र त्यो शीर्षकमा कम मात्र बजेट भएका कारण समस्या भएको छ । यस्तै समस्याहरुका निम्ति हामीले अरु प्रबन्ध गर्नुपर्नेछ ।’ उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार