मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

बौद्ध सर्किट प्रवर्द्धन गर्न “बुद्ध ज्ञान साईकल यात्रा”

Ujyalosandeshonline 11768+ समाचार ( )
१६ फाल्गुन २०८१, शुक्रबार

भैरहवा  । गौतमबुद्धको जन्मस्थल लुम्बिनी सहित बौद्ध सर्किटहरुको प्रर्वद्धन गर्ने उद्देश्य सहित भैरहवाबाट २ दिने “बुद्ध ज्ञान साईकल यात्रा” सुरु भएको छ । साइकल सिटी भैरहवाको आयोजनामा सुरु भएको यो यात्रा दोश्रो संस्करण हो । 

१ सय १५ जना साईकल चालक सहित भैरहवाको बुद्धचोकबाट सुरु भएको यो यात्रा पहिलो दिन शुक्रबार रोहिणी नदि हुदै नवलपरासीको रामग्राम, पण्डितपूर, रुपन्देहीको भवानीपुर, जितगढी किल्ला हुदै पुनः भैरहवा आईपुग्नेछ । दोश्रो दिन शनिबार भैरहवाबाट नै यात्रा सुरु गरि टिकुलीगढ, शुद्धोधन हुदै कपिलवस्तुको जितपुरबाट जगदीशपुर ताल, तिलौराकोट, गोटिहवा, कुदान, तौलिहवा हुदै लुम्बिनी पुगि समापन हुनेछ । 

साईकल यात्रामा विश्व साईकल यात्री पुष्कर शाहसंगै भारत र बेल्जियमका साइकल चालक संगै नेपालको पूर्व मेची देखी पश्चिम महाकाली सम्मका साईकल यात्री सहभागी रहेको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्य कुमार सारु मगरले जानकारी दिए । यात्रामा भारत देहरादूनका वृद्ध साईक्लिष्ट दम्पत्ति समेत सहभागी भएको उनले बताए । सहभागीहरु मध्ये देहरादूनका ७५ वर्षिय कमलजित धिमान र ७२ वर्षिय विष्हु धिमान दम्पत्ति छन्  । यस बाहेक यात्रामा ८ वर्षिय क्रिष्टोफर श्रेष्ठ, १२ वर्षिय अस्विनी खरेल पनि सहभागी छन् । 

७२ वर्षिय साइकल यात्राी विष्हु धिमानले आफु दोश्रो पटक भैरहवाबाट सुरु हुने यो यात्रामा सहभागी भएको बताइन । “गत वर्ष आउदा नेपालमा हाम्रो गजबको स्वागत भयो, नेपाललाई भगवानले नै सुन्दर बनाउनुभएको छ र मलाई लाग्छ कि पर्यटनको लागि साईकल यहाँ उचित साधन हुनसक्छ ।” उनले भनिन “नेपाल साईकल चालकहरुका लागि सर्वोत्कृष्ट गन्तब्य हो किनकी यहा प्रकृतिको विविधता रहेको छ ।”

गत वर्ष राम्रो अनुभव भएको कारण यस वर्ष देहरादूनका अन्य साईकल यात्रीसंगै सहभागी भएको उनको भनाई छ ।

यात्राले बौद्ध सर्किटसंग जोडिएका क्षेत्र मात्रै नभए प्रचारमा आउन नसकेका रोहिणी खोला, पाकडी वृक्ष, जितगढी किल्ला लगायत अन्य बौद्धकालीन सम्पदाहरुको प्रवद्र्धन हुने आयोजकको अपेक्षा रहेको छ । 

यात्रामा सहभागी विश्व साईकल यात्री पुष्कर शाहले यो साईकल यात्राले बौद्धकालीन समयमा रहेका बुद्धका जन्म, मावली ससुराली लगायत बुद्ध हिडनु भएको पाईला पछयाउदै साईकल यात्रीहरु पनि हिडने बताए  । उनले भने  “यसले देश तथा विदेशमा साईकल यात्रा मार्फत पनि बुद्धको बाटोमा हिड्न सकिन्छ भन्ने सन्देश संसार भरि फैलाउन सहयोग गर्नेछ ।”

भैरहवाको बुद्धचोकबाट सुरु भएको बुद्ध ज्ञान साईकल यात्रालाई उद्योग बाणिज्य महासंघका अध्यक्ष कृष्ण कुमार शर्मा, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले “फ्ल्याग अफ” गरि सुरुवात गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार