मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

सर्लाहीमा रामपुकार यादवको हत्या प्रकरणका आरोपी धिरेन्द्र राय पक्राउ

Ujyalosandeshonline 11004+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा सोमबार राति भएको गोली प्रहार घटनामा संलग्न हरिपुर्वा –५ का २६ वर्षीय धर्मेन्द्र राय उर्फ धिरेन्द्र राय यादव पक्राउ परेका छन् । प्रहरीका अनुसार हरिपुर्वा–६ का ४० वर्षीय रामपुकार यादव आफ्नै घर अगाडि बसिरहेका बेला मोटरसाइकलमा आएका दुई जनामध्ये पछाडिबाट ओर्लिएका युवकले पेस्तोल प्रहार गरेका थिए । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा महोत्तरीको जानकी हेल्थ केयर लैजाँदै गर्दा मृत्यु भएको थियो ।

गोली प्रहारपछि भाग्ने क्रममा धिरेन्द्र चढेको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका उनलाई उपचारपछि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलमा सवार अर्का व्यक्ति भने फरार रहेका प्रहरीले जनाएको छ । घटनास्थल र धिरेन्द्र बस्दै आएको मलंगवा–९ स्थित डेराबाट नलकटुवा पेस्तोल र गोलीको खोका बरामद भएको प्रहरीको भनाइ छ । जिल्ला अदालत सर्लाहीले उनलाई सात दिनको म्याद थप अनुमति दिएको छ ।

धिरेन्द्र यसअघि पनि घातक अपराधमा संलग्न रहेका प्रहरीको दाबी छ । २०८१ असोज १० गते राति उनले आफ्नै घरमा श्रीमती चित्रलेखा कुमारी यादवलाई गोली प्रहार गरी हत्या गरेका थिए । सो घटनामा उनका बुबा राम दिनेश राय घाइते भएका थिए । त्यसयता फरार रहेका धिरेन्द्रविरुद्ध कर्तव्यज्यान र ज्यान मार्ने उद्योग मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार