मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लुम्बिनी शिक्षा र शान्ति नमूनालाई सफलता

Ujyalosandeshonline 11768+ समाचार ( )
२४ मंगशिर २०८१, सोमबार

भैरहवा । लुम्बिनी शिक्षा निकेतन र शान्ति नमूना मावि  भैरहवामा जारी ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा विजयी भएका छन् । सोमबार भएको खेलमा लुम्बिनी शिक्षा निकेतनले प्यारामाउण्ट इङ्गलिस बोर्डिङ स्कूललाई ३६ रन र शान्ति नमूनाले साई ग्लोबल एकेडेमीलाई ४० रनले पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी शिक्षा निकेतनले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १ सय १९ रन बनायो । उसका लागि वलिउद्दिन खाँनले ४०, कमलेश चाईले अविजित ३० र जावेद खानले १३ रन बनाए । बलिङमा प्यारामाउण्टका गौरभ सापकोटाले ३ तथा भाविश पाण्डेले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको प्यारामाउण्ट १९ ओभरमा सबै विकेट गुमाएर ८३ रनमै समेटियो । उसका लागि आर्यन भण्डारीले १५ र दिप्सन ज्ञवालीले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिम पराजित भयो । बलिङमा लुम्बिनी शिक्षा निकेतनका तौफिक अहम्मद र अफताब आलमले ३–३ तथा मोहम्मद आसिफ, जावेद खान र अफसर खानले १–१ विकेट लिए । खेलमा तौफिक अहम्मद प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको शान्ति नमूनाले ९ विकेटको नोक्सानीम १ सय २७ रनको बलियो योगफल बनायो । उसका लागि रोशन बश्यालले ३९ र समीर नेपालीले अविजित १४ रनको योगदान दिए । बलिङमा साई ग्लोबलका करम खानले ३, जावीर अली र मोहम्मद समिमले २–२ तथा साहज खानले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको साई ग्लोबल १४ ओभर ३ बलमा सबै विकेट गुमाएर ८७ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न शान्ति नमूनाका नवीन भण्डारीले ४, रोशन बश्याल र नितिषकुमार ठाकुरले २–२ तथा प्रमोद न्यौपानेले १ विकेट लिए । साई ग्लोबलका अदान अलीले २४, जावेद खानले १५ र करम खानले १० रन बनाए । खेलमा नवीन भण्डारी प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए । पुस २ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार