मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

दशैंमा दिइने आशीर्वाद श्लोकमा देवीदेवता तथा पौराणिक पात्रहरुको व्याख्या गरिन्छ : प्राडा भट्टराई

Ujyalosandeshonline 12348+ समाचार ( )
२४ अशोज २०८१, बिहीबार

काठमाडौं । हिन्दुृहरुको महान चाड दशैंको प्रमुख विशेषता भनेकै मान्यजनले दिने आशीर्वाद हो ।  संस्कृतमा लेखिएका श्लोक वाचन गरेर पनि दशैंमा मान्यजनले आशीर्वाद दिने गर्छन् । दशैंमा दिइने आशीर्वादमा ऐश्वर्य, आयु, आरोग्य, ज्ञान आदि विषयलाई समेटिएको हुन्छ । दशैंमा दिइने आशीर्वादमा विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरुको जस्तै गुण होस् भन्ने कामना पनि गरिन्छ ।

तर पुरुष र महिलालाई आशिष दिने बेग्लाबेग्लै श्लोक बाचन गर्ने प्रचलन छ । धेरै मानिसहरुलाई यस्तो श्लोक कन्ठस्त भए पनि यसको अर्थ भने कमैलाई थाहा छ । टीक लगाउने भनेको प्रकृति पूजकको रुपमा पनि हुन्छ । जसले प्रकृतिलाई पूजा गर्नुहुन्छ उहाँहरुको आफ्नै विधि छ । उहाँहरुले प्रकृतिबाट लिने भनेको सेतो हो । सेतो दही हुन्छ, अक्षता हुन्छ । दही र अक्षता सेतो भएको हुनाले उहाँहरुले आफ्नो विधि र भिन्नता छाड्नु भएको छैन् । संस्कृत विश्वविद्यामलयका धर्मशास्त्रविद् प्राध्यापक डाक्टर देवमणि भट्टराई आशीर्वातको गहनता बुझदा महिला र पुरुषको अलग अलग नभएको बताउँछन् ।

‘तर आशीर्वादमा समुदाय र पारिवारिक परम्पराअनुसार विविधता देखिन्छ। अग्रजहरूले आशीर्वाद दिँदा प्रगतिकै कामना गर्छन्। तर समयक्रमसँगै दशैँमा दिइने आशीर्वचनमा क्रमशः रूपान्तरण भएको देखिन्छ , ’उनले भने । निधारभरि अक्षता टाँसेर अक्षताकै संख्यामा आशीर्वादलाई समयसापेक्ष, समाजोपयोगी र यथार्थपरक बनाउनुपर्नेमा संस्कृतिविदहरुको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार