मुख्य समाचार
बगहा माविमा चारकोठे भवनको शिलान्यास | बाराका तत्कालीन सचिव अन्सारीमाथि भ्रष्टाचार गरेको आरोपपत्र दायर | सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित विपरित : प्रधानमन्त्री | सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले झनै शंका जन्मायो : महासचिव गुरुङ | विधेयकमा शिक्षकका माग समेट्ने प्रचण्डको प्रतिबद्धता | सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा | पेस्तोलसहित भारतीय नागरिक पक्राउ | पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित | सडकआश्रित मानवको पुनःस्थापन सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य | बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह |
मुख्य समाचार
बगहा माविमा चारकोठे भवनको शिलान्यास | बाराका तत्कालीन सचिव अन्सारीमाथि भ्रष्टाचार गरेको आरोपपत्र दायर | सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित विपरित : प्रधानमन्त्री | सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले झनै शंका जन्मायो : महासचिव गुरुङ | विधेयकमा शिक्षकका माग समेट्ने प्रचण्डको प्रतिबद्धता | सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा | पेस्तोलसहित भारतीय नागरिक पक्राउ | पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित | सडकआश्रित मानवको पुनःस्थापन सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य | बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह |


एक बर्षमै रुपन्देहीमा तीन प्रहरी चौकी स्थापना

Ujyalosandeshonline 5550+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

भैरहवा । रुपन्देही प्रहरी एकै बर्षमा रुपन्देहीमा तीन स्थानमा प्रहरी चौकी स्थापना गरेको छ । जिल्लाको सियारी गाउँपालिका अन्र्तगत छपिया, सैनामैना नगरपालिका अन्र्तगत रामापुरमा र देवदह नगरपालिकाको ढेकावरमा प्रहरी चौकीहरु स्थापना गरिएको छ । 

लामो समय देखि स्थानियहरुको प्रयास पछि रुपन्देही प्रहरीको प्रयासमा प्रहरी उपस्थिति कम रहेको स्थानमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको हो । यसमा सम्बन्धित पालिकाहरुले पनि महत्वपूण भूमिका खेलेका छन् । 

यस संगै रुपन्देहीमा एक वटा जिल्ला प्रहरी कार्यालय, क श्रेणीका ईलाका प्रहरी कार्यालय १० वटा, ख श्रेणीमा ईलाका प्रहरी कार्यालय ५ वटा, वडा प्रहरी कार्यालय २, जिल्ला ट्राफिक कार्यालय १, प्रहरी चौकी २७, अस्थायी प्रहरी पोष्ट ९, अस्थायी प्रहरी चौकी २ वटा समेत गरि प्रहरीको बिभिन्न युनिटको संख्या ८४ पुगेको छ ।

बिहिबार एक कार्यक्रमको बिच देवदह नगरपालिकाको ढेकावरमा अस्थायी प्रहरी चौकीको नया भवनको उद्घाटन गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मिति २०७९ चैत्र २६ गतेको मिति अनुसार २०८० बैशाख १९ गते ढेकावरमा भाडाको घरमा अस्थायी प्रहरी चौकीको सुरुवात गरिएको थियो । सोही चौकीलाई अहिले नगरपालिका तथा स्थानियहरुको सहयोगमा निर्मित आफ्नै भवनमा स्थानान्तरण गरिएको छ । 

सुरक्षाको दृष्टिले रुपन्देहीको देवदह नगरपालिका क्षेत्र अति संवेदनशील क्षेत्रको रुपमा रहेको बताउदै स्थानियहरु प्रहरी चौकी स्थापना हुदा राहत महशुश गरेका छन् । बिगतमा दुर्गा तिवारी, बसन्त (बलु) पौडेलको हत्याले यो क्षेत्र अझै त्रासमा बस्यो । सुरक्षा निकायको उपस्थिति नहुदा घटना गराउन र सहजै उम्किने अवश्था रहेको थियो । रुपन्देहीको धकधई पछि देवदहको खैरेनीमा मात्र प्रहरी चौकी रहेको कारण प्रहरीलाई पनि शान्ती सुरक्षा कायम गराउन हम्मे हम्मे पर्ने गरेको थियो । 

देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले यहाको सुरक्षाको लागि पटक पटक गरेको प्रयास बल्ल सफल भएको बताए । उनले ढेकावरमा अस्थायी प्रहरी चौकी स्थापना भएको र अब देवदह प्रहरी चौकीलाई ईलाका प्रहरी कार्यालयको रुपमा स्तरोन्नती गर्न आवश्यक रहेको बताए । “पटक पटक गृहमन्त्री देखि सरोकारवाला निकायमा पहल गर्दा पनि खैरेनीमा ईलाका प्रहरी कार्यालयमो स्थापना हुन सकेको छैन, जुन अहिलेको पहिला आवश्यकता हो ।” खरेलले भने “ईलाका प्रहरी कार्यालयको लागि हामीले जग्गा पनि छुट्टयाएका छौं, नगर परिषद मार्फत पटक पटक बजेट पनि छुट्टयाउदै आएका छौं तैपनि हाम्रो प्रयास सफल हुन सकेन् ।”

सोही कार्यक्रममै बोल्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक कुबेर कडायतले समाजमा सुरक्षा प्रदान गर्न प्रहरी स्वयम पनि सुरक्षित हुन आवश्यक रहेको बताए । “प्रहरी हाम्रो लागि हो, प्रहरी हाम्रो आवश्यकता हो भन्ने उद्देश्यले प्रहरी चौकीको भवन निर्माणमा सहयोग गर्नेलाई मेरो धन्यवाद छ ।” कडायतले भने “यहा खटिएका प्रहरीहरु यहिको स्थानियवासीकै रुपमा जनतालाई सहयोग गर्नुपर्छ ।”

कडायतले समाज सभ्य नभए त्यहा बिकासको सम्भावना नरहने बताउदै सभ्य समाज अपराध एवम भय रहित वातावरणमा मात्र हुन सक्ने जिकिर गरे । उनले अस्थायी प्रहरी चौकी स्थापना भए पनि अब यसलाई स्थायी गर्ने चुनौती थपिएको बताए । 

देवदह नगरपालिकाको नियमित बजेटबाट करिब १८ लाख रुपैयामा ५ कोठाको अस्थायी प्रहरी चौकी निर्माण सम्पन्न भएको रुपन्देही प्रहरी प्रमुख एसपी भरत बहादुर विश्वकर्माले बताए । चौकीमा थुनुवा कक्ष देखि प्रहरी कर्मचारीको लागि ब्यारेक, भान्सा, कार्यालय एवम ब्यस्थित शौचालय एवम स्नानागारको ब्यवस्था रहेको उनले जानकारी दिए । त्यस क्षेत्रमा हुन सक्ने चोरी तस्करी नियन्त्रण, बिपद्का घटना न्यूनिकरण, बिभिन्न किसिमका सामाजिक अपराधहरु नियन्त्रणमा चौकीले महत्वपूर्ण भूमिका खेल्ने विश्वकर्माको भनाई थियो । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भवन उदघाटन कार्यक्रममा देवदह नगरपालिकाकी उप–प्रमुख बिद्या लक्ष्मी गुरुङ्ग, रुपन्देहीका सहायक प्रमुख जिल्ला अपिपधकारी ध्रुव बहादुर कुंवर, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले बोलेका थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार