मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

मर्चवारमा अज्ञात समूहद्धारा दुई बिघा ११ कठ्ठामा लगाइएको तरकारी र फलफूल नष्ट

Ujyalosandeshonline 12548+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिका-४ बैरघाटका किसान रमेश चौधरीको तीन लाख रुपैयाँ मूल्य बराबरको तरकारी र फलफूल अज्ञात व्यक्ति तथा समूहले नष्ट गरेको छ । राति अज्ञात व्यक्तिले चौधरीको खेती गरिएको बालीलाई जरा काटेर नष्ट गरेका हुन् ।

चौधरीले स्थानीय आशोक सिंहबाट वर्षेनी नगद तथा जिन्सी गरी २ लाख २० हजार रुपैयाँमा पोखरी सहितको दुई बिघा ११ कठ्ठा कृषियोग्य जग्गा लीजमा लिई मछापालन र तरकारी खेती गर्दै आएका थिए । 

राति अज्ञात व्यक्तिले कुरिलो, काक्रा, खेखसी र पपिता लगायतका ५२ वटा तरकारी र फलफूलहरूको जरा काटेर नष्ट गरेका छन् । चौधरीले बिहीवार साँझ घर फर्कदा सबै तरकारी र फलफूल ठिक अवस्थामा रहेको बताए । बिहान उठ्दा भने सबै बाली काटेर फालिएको अवस्थामा देखे । उनले भने, ‘मैले कसैको केही बिगारेको थाहा छैन, म केवल आफ्नो खेतीमा व्यस्त थिएँ । मेरो महिनौँको मेहनत एक रातमै सखाप भएको छ।’

ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले यस घटनाबारे जानकारी दिँदै भने, ‘ प्रारम्भिक छानबिनमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ । बाली नष्ट गर्ने व्यक्तिलाई कानूनको दायरामा ल्याई कारवाही गरिनेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार