मुख्य समाचार
आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी |

पृथ्वीचन्द्र अस्पतालमा पहिलो पटक पित्तथैलीको सफल शल्यक्रिया, आईसीयु सञ्चालनको तयारी

Ujyalosandeshonline 12545+ समाचार ( )
७ श्रावण २०८२, मङ्गलबार

नवलपरासी । जिल्लाको सबैभन्दा पुरानो अस्पताल, पृथ्वीचन्द्र अस्पतालले पहिलो पटक पित्तथैलीको सफल शल्यक्रिया गरी एक ऐतिहासिक सफलता हासिल गरेको छ । डा. अब्दुल हकिम र डा. सबा खान नेतृत्वको विशेषज्ञ टोलीले एक महिलाको सफल शल्यक्रिया गरेसँगै अब जिल्लामै जटिल उपचार सेवा विस्तार हुने भएको छ।

यो सफलताबाट उत्साहित हुँदै अस्पतालले अब सघन उपचारका लागि इनसेन्टिभ केयर युनिट (आईसीयु) सञ्चालनको तयारीलाई तीव्रता दिएको छ। आईसीयु सेवा सुरु भएपछि डायलिसिस, सर्पदंश र अन्य गम्भीर शल्यक्रियाका बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता हट्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जगदीश चौधरीले बताउनुभयो।

यसका साथै, अस्पतालले हालै ५ बेडको डायलिसिस युनिट सञ्चालनमा ल्याएको छ भने भिडियो एक्स-रे लगायतका निदान सेवालाई पनि थप गुणस्तरीय बनाएको छ। यद्यपि, उपकरण अभावका कारण आँखाको शल्यक्रिया भने सुरु हुन सकेको छैन । अस्पताल प्रशासनले स्रोतसाधन जुटाएर स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार