मुख्य समाचार
नेपाल बार एशोसिएसनले राष्ट्रिय सम्मेलन गर्ने | सिद्धार्थनगरमा शुद्ध पठन, द्रुत पठनका लागि कार्यशाला | पार्टी विभाजनका विषयमा भण्डाफोर गर्न जसपा नेपालको परिपत्र | ‘दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक’ | सुन लुकाएर अपहरणमा परेको नाटक गर्दा पक्राउ | साना व्यवसायीलाई सामाग्री सहयोग | सगरमाथा आधार शिविर पठाईयो विश्व शान्ति द्धिप | दुई ठूला देशबिच रहेको नेपालको सम्भावना धेरै छ : पूर्वमन्त्री रिजाल | संघीय संसदका दुवै बैठक आह्वान,प्रतिपक्षको अडानले बैठक बस्ने नबस्ने अनिश्चित | अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’ |
मुख्य समाचार
नेपाल बार एशोसिएसनले राष्ट्रिय सम्मेलन गर्ने | सिद्धार्थनगरमा शुद्ध पठन, द्रुत पठनका लागि कार्यशाला | पार्टी विभाजनका विषयमा भण्डाफोर गर्न जसपा नेपालको परिपत्र | ‘दासढुंगा घटनाको गम्भीर खोजी आवश्यक’ | सुन लुकाएर अपहरणमा परेको नाटक गर्दा पक्राउ | साना व्यवसायीलाई सामाग्री सहयोग | सगरमाथा आधार शिविर पठाईयो विश्व शान्ति द्धिप | दुई ठूला देशबिच रहेको नेपालको सम्भावना धेरै छ : पूर्वमन्त्री रिजाल | संघीय संसदका दुवै बैठक आह्वान,प्रतिपक्षको अडानले बैठक बस्ने नबस्ने अनिश्चित | अर्थमन्त्री पुन भन्छन् ‘उत्पादन वृद्धि र रोजगारी सिर्जना बजेटको प्राथमिकतामा’ |


लोकतान्त्रिक समाजवादीको प्रथम प्रदेश सम्मेलन भैरहवामा

Ujyalosandeshonline 2584+ समाचार ( )
१४ पौष २०८०, शनिबार

भैरहवा  । लोकतान्त्रिक समाजवादी लुम्बिनी प्रदेशको प्रथम प्रदेश सम्मेलन शनिबार भैरहवामा सुरु भएको छ । 

मधेशमा अहिले लोकतान्त्रिक पार्टीले जनाधार बलियो बनाएको र जनताको मन जित्ने काम गरिरहेको कार्यक्रमका वक्ताहरुले बताए । अन्य मधेशवादी दलहरु भए पनि जनताले प्रत्यक्ष अपनत्व महसुस गराउन लोसपा मात्र सफल भएको उनिहरुको भनाइ थियो । 

लोसपाको नेतृत्व समन्वयकारी भएको वक्ताहरुको भनाइ थियो । प्रदेशका गृहमन्त्री समेत रहेका पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष पाण्डेको सेवा एवम कामले पनि जनता लोसपा नजिक रहेको पार्टीका नेताहरुको जिकिर थियो ।

कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ सह अध्यक्ष सर्वेन्द्रनाथ शुक्लले अराजकता र हिंसाले लोकतन्त्रलाइ धरापमा पार्ने काम गरेको बताए । यसर्थ लोकतान्त्रिक शक्ति बिथोल्न खोज्ने संग सावधान हुन उनले आग्रह गरे । उनले ४० बर्ष अगाडी बनेको लुम्बिनी गुरुयोजना अझै सम्म पूर्णता नपाएको बताउदै असन्तुष्टी ब्यक्त गरे । लुम्बिनी सांस्कृतिक नगरपालिका अझै पनि अविकसित रहेको बताए । लुम्बिनीमा ५० भन्दा बढी देशका संस्कृति हुदा पनि त्यसको तुलनामा लुम्बिनीका बासिन्दा उपेक्षामा रहेको बताए । उनले लुम्बिनीको लागि आउने रकम अन्यत्र खर्च भै रहेको आरोप लगाए । 

शुक्लले लुम्बिनीलाइ बिभेद गर्दै सबैभन्दा ठुलो बुद्धको मुर्ति झापामा लगाउने निर्णय भएको बताए । उनले बिभेद राख्ने मनसिकताले अहिले सम्म निरन्तरता पाएको बताए । लुम्बिनीको अधिकतम उपभोग गर्नुपर्ने बताए ।

शुक्लले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको पनि अधिकतम उपयोग हुनु पर्ने बताए । सबै क्षेत्र मिलेर यसको सन्चालनको लागि एकिकृत योजना बनाउनु पर्ने उनले बताए । यसको समन्वयको जिम्मा नेपाल सरकारले लिनुपर्ने उनले धारणा राखे । 

उनले अहिले नेपाल मूलभुत रुपमा २ वटा समस्याले घेरिएको बताए । पहिलो देशको युवाले नेपालमा भविष्य नदेखेको र देशले केहि गर्न नसक्ने चिन्तनले बिदेश तिर पलायन भैरहेको बताए । पूर्व शिक्षा मन्त्री समेत रहेका शुक्लाले यसको लागि शैक्षिक गुणस्तरलाइ कारक मान्दै नेपालमा शैक्षिक गुणस्तर खस्किदै गएकोमा चिन्ता ब्यक्त गरे । 

उनले नेपालको अर्थतन्त्र खस्किदै गएको बताए । खस्किदो अर्थतन्त्र  र बिग्रदो रोजगारले नेपाल झन थालिएको बताए । यसको मुख्य कारण भ्रष्टाचार रहेको उनले बताए । सरकारमा यसलाइ रोक्ने क्षमता नरहेको शुक्लले जिकिर गर्दै यसको न्यूनीकरणको लागि समाज अगाडी आउनुपर्ने बताए ।

पार्टीका केन्द्रिय वरिष्ठ उपाध्यक्ष अकबाल अहमद शाहले पश्चिम क्षेत्रमा संगठनको बिस्तार गर्न वरिष्ठ सह अध्यक्ष सर्वेन्द्रनाथ शुक्लको नेतृत्वमा अगाडी बढ्ने बताए । 

लोसपाका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष कुमार पाण्डेको अध्यक्षता पार्टीका वरिष्ठ सह अध्यक्ष सर्वेन्द्रनाथ शुक्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लोकतान्त्रिक बिद्यार्थी संघका प्रदेश अध्यक्ष मोहम्मद अलि, प्रदेश सभा सदस्य कन्हैया बनिया, हेमा केसी बेल्वासे, केन्द्रिय सदस्यहरु सोमनाथ जनैदार, लक्ष्मी नारायण वर्मा, दिग्विजय मिश्र, पुरन प्रसाद चौधरी, लगायतले बोलेका थिए । कार्यक्रमको सन्चालन लोसपाका केन्द्रिय सदस्य मोहम्मद इस्लामले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार