मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

नापी कार्यालय कलंकीका कर्मचारी घुससहित पक्राउ

Ujyalosandeshonline 12461+ समाचार ( )
२७ श्रावण २०८२, सोमबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय, कलंकीका एक कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार्यालय सहयोगी एकेन्द्र कुँवर रहेका छन् ।

चन्द्रागिरी नगरपालिका वडा नं. १३ मा रहेको जग्गाको हालसाविक गरी नयाँ जग्गाधनी पूर्जा बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस मागेको उजुरीका आधारमा आयोगको टोलीले कुँवरलाई रंगेहात पक्राउ गरेको हो । अख्तियारले कुँवरको साथबाट घुसवापत लिइएको १३ हजार रुपैयाँ र उनको मोबाइल फोन बरामद गरेको छ 

उक्त घटनाको अनुसन्धानका क्रममा अख्तियारको टोलीले नापी कार्यालय, कलंकीका प्रमुखको दुई थान र एक जना सर्भेक्षकको एक थान मोबाइल डिभाइस पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका कुँवरमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार