मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

उपनिर्वाचनमा पार्टीले राम्रो जनमतको अपेक्षा गरेको छ : पूर्ण बस्नेत

Ujyalosandeshonline 11005+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनमा पार्टीले राम्रो जनमतको अपेक्षा गरेको बताएका छन् । 

बस्नेतले पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका अधिकांश शीर्ष नेताहरु पार्टीको तर्फबाट उम्मेदवारी रहेको निर्वाचन क्षेत्रमा केन्द्रित भएर प्रचार प्रसार र घरदैलो कार्यक्रम गर्ने काम गरिएको र यस दौरानमा जनतासँगको साक्षात्कारको अनुभवबाट उपनिर्वाचनको परिणाम सकारात्मक हुने बताएका हुन् ।  

‘पार्टीले उपनिर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रलाई राम्रोसँग बुझेका व्यक्तिलाई उम्मेदवार चयन गरेको छ । अर्कोतिर जनाधारको अवस्था हेरीकन उम्मेदवारी दिइएको छ । पार्टीले भदौदेखि सुरु गरेको जनतासँग जसपा नेपालको चार महिने संगठन निर्माण अभियानले उपनिर्वाचनलाई राम्रै सहयोग पुर्याएको छ । तयारीका साथ पार्टी उपनिर्वाचनमा होमिएका छ । निर्वाचन क्षेत्रका जनताले पत्याएका व्यक्ति नै उम्मेदवार भएका कारण हामीले उपनिर्वाचनबाट राम्रो आशा गरेका छौं,’बस्नेतले भने ।

उनले पार्टीको संगठनलाई मध्यनजर राख्दै पार्टीको शक्तिलाई एकत्रित गरी परिणाम निकाल्न सकिने गरी खास खास स्थानमा उम्मेदवारी दिइएको बताएका छन् ।

जसपा नेपालले उपनिर्वाचनमा विभिन्न १२ स्थानमा उम्मेदवारी दिएको छ । पार्टीले किर्तिपुरको नगरप्रमुखका लागि र मोरङको ग्रामथान गाँउपालिका अध्यक्ष पदका लागि उम्मेदवारी दिएको छ ।

जसपा नेपालले बाँकी दशस्थानका लागि दिइएको उम्मेदवारी वडा अध्यक्ष पदको लागि रहेको छ । जसअनुसार ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं ५ को अध्यक्ष, सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को अध्यक्ष, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्ष र महोत्तरीको रामगोपालपुर वडा नं २ को अध्यक्ष पदको लागि उम्मेदवारी दिएको छ ।

त्यसैगरी पार्टीको तर्फबाट रौतहटको ईशनाथ नगरपालिका वडा नं ७ को अध्यक्ष, रौतहट गढीमाई नगरपालिका वडा नं ८ को अध्यक्ष, किर्तिपुर नगरपालिका वडा नं ४ को अध्यक्ष, हेटौडा उपमहानगरपालिका वडा नं १२ को अध्यक्ष र कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ को अध्यक्ष पदको उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार