मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

रासस 719+ समाचार ( )
१३ वैशाख २०८३, आइतबार

कञ्चनपुर । भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले ‘छोरीबुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम कार्यान्वयन गरेको छ । नगर क्षेत्रका जेहेन्दार, दलित, विपन्न वर्गका छोरीबुहारीलाई उच्च शिक्षा अध्ययनमा सघाउन नगरपालिकाले उक्त कार्यक्रम कार्यान्वयन गरेको हो । 

कार्यक्रमअन्तर्गत प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार एमबिबिएस अध्ययन गर्न दुई जनालाई जनही रु दुई लाख र इन्जिनियरिङ पढ्न तीन जनालाई जनही रु एक लाख छात्रवृत्तिस्वरुप प्रदान गरिनेछ ।

त्यसैगरी, नर्सिङ, फार्मेसी, विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकीलगायत अन्य सङ्कायमा अध्ययन गर्ने छ जना छात्रालाई जनही रु ५० हजार प्रदान गरिनेछ । “यो कार्यक्रमबाट आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भएका छात्रालाई राहत पुग्ने हाम्रो विश्वास छ”, प्रमुख प्रशासकीय अधिकृत बमले भन्नुभयो, “विशेषगरी विवाहपछि उच्च शिक्षालाई निरन्तरता दिन चाहने छोरीबुहारीका लागि यो उपयोगी हुनेछ ।” 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार