मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

शिक्षा विधेयकलाई व्यवस्थित गर्न निरन्तर छलफल आवश्यक

Ujyalosandeshonline 12612+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले शिक्षा विधेयकलाई व्यवस्थित गर्न निरन्तर छलफल आवश्यक रहेको बताएका छन् । शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँगको छलफलमा उनले समितिभित्रै छलफल गरेर सकिएन भने सबै दलका सचेतक, सभामुखलाई राखेर अगाडि बढ्न सकिने भन्दै यस विषयमा छिटो छलफल गर्नुपर्ने बताए । 

उनले भने, ‘यो शिक्षा विधेयकलाई व्यवस्थित गर्ने हो भने हामी निरन्तर रुपमा अगाडि बढ्नु पर्ने हुन्छ । विधेयकलाई कसरी समितिले टेबुल गर्ने हो त्यसमा ध्यान दिनुपर्छ र यो जस्ताको त्यस्तै टेबुल गर्न पनि सकिदैँन् । यसलाई अबको शिक्षाको मोडल कस्तो हुने, यसभित्र प्रवेश कसरी गराउने भन्ने विषयमा दफावार छलफल गरेर अध्ययन गरेर कसरी जान सकिन्छ भन्ने कुरा समितिभित्रै प्रवेश गराउन सक्छौ सकिएन भने सबै दलका सचेतक, सभामुखलाई राखेर अगाडि बढ्न पनि सकिन्छ ।’ 

यसको साथै, उनले दशैं तिहारपछि वा सदन नचलेसम्म निरन्तर रुपमा विधेयकमाथि छलफल अगाडि बढाउने पनि बताए । उनले समितिमा निर्णय गर्ने बेला तीनचार जना बाहेक सदस्यहरु नहुने भन्दै गुनासो पनि गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार