मुख्य समाचार
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल | सुनसरीको देवानगञ्ज घटना: संयमता अपनाउन सरकारको अपिल |

शिक्षा विधेयकलाई व्यवस्थित गर्न निरन्तर छलफल आवश्यक

Ujyalosandeshonline 11843+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले शिक्षा विधेयकलाई व्यवस्थित गर्न निरन्तर छलफल आवश्यक रहेको बताएका छन् । शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँगको छलफलमा उनले समितिभित्रै छलफल गरेर सकिएन भने सबै दलका सचेतक, सभामुखलाई राखेर अगाडि बढ्न सकिने भन्दै यस विषयमा छिटो छलफल गर्नुपर्ने बताए । 

उनले भने, ‘यो शिक्षा विधेयकलाई व्यवस्थित गर्ने हो भने हामी निरन्तर रुपमा अगाडि बढ्नु पर्ने हुन्छ । विधेयकलाई कसरी समितिले टेबुल गर्ने हो त्यसमा ध्यान दिनुपर्छ र यो जस्ताको त्यस्तै टेबुल गर्न पनि सकिदैँन् । यसलाई अबको शिक्षाको मोडल कस्तो हुने, यसभित्र प्रवेश कसरी गराउने भन्ने विषयमा दफावार छलफल गरेर अध्ययन गरेर कसरी जान सकिन्छ भन्ने कुरा समितिभित्रै प्रवेश गराउन सक्छौ सकिएन भने सबै दलका सचेतक, सभामुखलाई राखेर अगाडि बढ्न पनि सकिन्छ ।’ 

यसको साथै, उनले दशैं तिहारपछि वा सदन नचलेसम्म निरन्तर रुपमा विधेयकमाथि छलफल अगाडि बढाउने पनि बताए । उनले समितिमा निर्णय गर्ने बेला तीनचार जना बाहेक सदस्यहरु नहुने भन्दै गुनासो पनि गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार