मुख्य समाचार
दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल |

भेटनरी अस्पताल सप्तरीका प्रमुख दाससहित दुई जनामाथि आरोपपत्र दायर

Ujyalosandeshonline 12462+ समाचार ( )
२० श्रावण २०८३, बुधवार

काठमाडौँ । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा रामपवित्र दाससहित दुई जनालाई घुस लिई भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । 

कार्यालय प्रमुख दास र हलुका सवारीचालक भोगेन्द्र यादवले भ्याक्सिनेटरहरूबाट सेवा उपलब्ध गराएबापतको पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसनबापतको घुस माग गरेको सूचना एवं उजुरीको आधारमा आयोगको टोलीले दुवै जनालाई घुसवापतको रु एक लाख ३२ हजार ३५० रकमसहित नियन्त्रणमा लिएको  थियो । 

कार्यालय प्रमुख दासले सवारी चालक यादवसँगको मिलेमतो तथा योजनामा भुक्तानी रकमको कम्तीमा २० प्रतिशत रकम घुस र रिसवत चाहिने भनी बार्गेनिङ गरी/गराई घुस बुझाउनुपर्ने गरी मोलाहिजा एवं बाध्यतामा पारेर घुसबापतको सो रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । दुवै जनालाई आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले घुससहित नियन्त्रणमा लिएको थियो ।

आयोगले दुवैजनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९  को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार