मुख्य समाचार
सुनसरीको सुरक्षा स्थितिबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ | नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवस मनाइयो | लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः ८ मन्त्रालय कायम | १ अर्ब ८९ करोड बढीको हुन्डी कारोबार आरोपमा राजेन्द्रप्रसाद रिजाल पक्राउ | सुनसरीका १० स्थानीय तहमा तेस्रो दिन पनि कर्फ्यु जारी, जनजीवन प्रभावित | धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागुऔषधसहित तीन पक्राउ | मानव बेचबिखन नियन्त्रणमा सबैको सहकार्य अपरिहार्य: प्रहरी महानिरीक्षक दानबहादुर कार्की | सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेनद्वारा दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न अपिल |

म कुनै पनि किसिमले गलत रहेको छु भन्ने आधार र प्रमाण छैन : माधव नेपाल

Ujyalosandeshonline 11844+ समाचार ( )
१८ असार २०८२, बुधवार

जनकपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले आफूले कुनै किसिमको गलत गरेको आधार र प्रमाण नरहेको दाबी गरेका छन् । जनकपुरधाममा नेकपा एकीकृत समाजवादी धनुषाको सातौँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले पतञ्जली जग्गा प्रकरण बारेमा कही कतै र कुनै पनि किसिमले संलग्न नरहेकाले आफू जहिले पनि नबिराउनु र नडराउनु भन्ने पक्षमा रहेर काम गर्ने व्यक्ति भएकाले सत्यको विजय हुने विषयमा आफू पूर्व विश्वस्त रहेको बताए । 

अध्यक्ष नेपालले भने, ‘मैले गल्ती गरेको छु भने मेरो शिर निहुरिने छ, देश र जनताको सेवा र समाजमा रहेको विकृति विसंगति राजनीतिमा रहेको विकृति विसंगतिको अन्त्यका लागि अब सधैँ लागि रहने र मलाई अदालतमाथि विश्वास छ ।’

अदालत न्यायको पक्षमा खडा हुने भन्दै उनले प्रत्येक वकिललाई धन्यवाद दिए । अध्यक्ष नेपालले भने, ‘अदालत न्यायको पक्षमा खडा हुन्छ, मलाई साथ र सहयोग गर्नु हुने सबै अधिवक्तालाई म धन्यवाद दिन चाहन्छु । हरेक पार्टीका अधिवक्ताले आफूलाई साथ र सहयोग गरेको छ ।’ 

अध्यक्ष नेपालले भने, ‘मेरो बारेमा कुनै पनि किसिमको गलत रहेको छु भनि आधार र प्रमाण छैन, कुनै कानुनी आधार छैन, संवैधानिक आधार पनि छैन । योग गर्ने राम्रो संस्था छ । सामूहिक निर्णय अनुसार योग संस्थालाई जग्गा बिक्री गरिएको हो । एक टुक्रामा पनि कानुन विपरीत कार्य भएको छैन ।

जग्गासम्बन्धी सम्पूर्ण कारबाही प्रक्रिया पुर्याएर पतञ्जली संस्था आफैले काम गरेको छ ।’ उनले आफूलाई विना आधार र विना प्रमाण तथा संवैधानिक आधार विना नै आफूमाथि लाञ्छना लगाइएको दाबी गरे । पतञ्जली संस्थाले देशमा दर्जनभन्दा बढी अस्पताल खोलेर सेवामूलक काम गरिरहेकाले सो संस्थाको नाममा कहिकतैले कसैले गलत कार्य नगरेको दाबी अध्यक्ष नेपालले गरे । अध्यक्ष नेपालले राजनीतिमा प्रतिक्रियावादी एवं पुँजीवादी चिन्तनका कारणले सिंगो कम्युनिष्ट पार्टी नै बदनाम भएकाले यसलाई चिर्नका लागि पनि जनताको पक्षमा काम गर्न आग्रह गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार