मुख्य समाचार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता |

बचत रकम फिर्ता माग्दै सहकारीपीडितको सभा

Ujyalosandeshonline 11876+ समाचार ( )
१ चैत्र २०८०, बिहीबार

काठमाडौं । सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले संस्थाहरुमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै दबाबमूलक सभा कार्यक्रम गरेको छ । 

देशभरका लाखौं बचतकर्ताले सहकारीमा राखेको पैसा फिर्ता नपाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शनसहित सभा गरिएको हो ।

प्रदर्शनमा निस्किएकाहरु काठमाडौंका कालिमाटी, गोंगबु, शंखपार्क र जावलाखेलबाट भृकुटीमण्डप आए । उनीहरुले बचतकर्ताको पैसा हिनामिना गर्ने सहकारी सञ्चालकमाथि कारबाहीको माग गर्दै नाराबाजी गरे । 

कार्यक्रममा गुडविल सहकारीमा ८ लाख बचत गरेर फिर्ता नपाएका श्यामबहादुर राईले लाखौं जनताले गरेको बचत लिएर फरार सहकारी सञ्चालकहरुलाई  सरकारले नै संरक्षण गरिरहेको आरोप लगाए । सर्वसाधारणको पैसा हिनामिना गर्नेलाई तुरुन्त  कारबाहीको दायरामा ल्याएर रकम फिर्ता गर्न उनले माग गरे । 

उनले भने,‘म गुडविल सहकारी पीडित हुँ । लाखौं जनताहरुले सहकारीमा बचत गरेका छन् । आज सञ्चालकहरु कहाँ भागेका छन् थाहा छैन । तिनीहरुलाई किन संरक्षण गरिरहेको छ सरकारले ? सरकारले तुरुन्त सञ्चालकहरुलाई कारबाहीको दायरामा ल्याएर हामी बचतकर्ताहरुको रकम फिर्ता गर्नुपर्छ । मेरो ८ लाख रकम छ । सबैको बचत ७९ करोड रुपैयाँ थियो गुडविल सहकारीमा ।’

राईका अनुसार गुडविल सहकारी सञ्चालक दिवाकर श्रेष्ठ बिगत तीन वर्ष देखि जेलमा छन् । सहकारीको रकम आफूसँग नभएको दाबी उनले गर्दै आएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार