मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

बचत रकम फिर्ता माग्दै सहकारीपीडितको सभा

Ujyalosandeshonline 12614+ समाचार ( )
१ चैत्र २०८०, बिहीबार

काठमाडौं । सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले संस्थाहरुमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै दबाबमूलक सभा कार्यक्रम गरेको छ । 

देशभरका लाखौं बचतकर्ताले सहकारीमा राखेको पैसा फिर्ता नपाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शनसहित सभा गरिएको हो ।

प्रदर्शनमा निस्किएकाहरु काठमाडौंका कालिमाटी, गोंगबु, शंखपार्क र जावलाखेलबाट भृकुटीमण्डप आए । उनीहरुले बचतकर्ताको पैसा हिनामिना गर्ने सहकारी सञ्चालकमाथि कारबाहीको माग गर्दै नाराबाजी गरे । 

कार्यक्रममा गुडविल सहकारीमा ८ लाख बचत गरेर फिर्ता नपाएका श्यामबहादुर राईले लाखौं जनताले गरेको बचत लिएर फरार सहकारी सञ्चालकहरुलाई  सरकारले नै संरक्षण गरिरहेको आरोप लगाए । सर्वसाधारणको पैसा हिनामिना गर्नेलाई तुरुन्त  कारबाहीको दायरामा ल्याएर रकम फिर्ता गर्न उनले माग गरे । 

उनले भने,‘म गुडविल सहकारी पीडित हुँ । लाखौं जनताहरुले सहकारीमा बचत गरेका छन् । आज सञ्चालकहरु कहाँ भागेका छन् थाहा छैन । तिनीहरुलाई किन संरक्षण गरिरहेको छ सरकारले ? सरकारले तुरुन्त सञ्चालकहरुलाई कारबाहीको दायरामा ल्याएर हामी बचतकर्ताहरुको रकम फिर्ता गर्नुपर्छ । मेरो ८ लाख रकम छ । सबैको बचत ७९ करोड रुपैयाँ थियो गुडविल सहकारीमा ।’

राईका अनुसार गुडविल सहकारी सञ्चालक दिवाकर श्रेष्ठ बिगत तीन वर्ष देखि जेलमा छन् । सहकारीको रकम आफूसँग नभएको दाबी उनले गर्दै आएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार