मुख्य समाचार
ओमसतियामा बजार अनुगमन तीव्र: कुहिएको मासु बेच्नेलाई ७ दिने अल्टिमेटम, नियम मिचे कडा कारबाही हुने | लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकः यि हुन निर्णय | मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ | ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न |

जनताको शक्ति बुझेमात्रै देश विकास : लामिछाने

Ujyalosandeshonline 12620+ समाचार ( )
१८ फाल्गुन २०८०, शुक्रबार

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारले जनताको शक्तिलाई बुझ्न सके देशको मुहार फेरिने बताएका छन् ।

भरतपुर भ्रमण वर्ष २०२४ को शुक्रबार नारायणगढमा आयोजित उद्घाटन समारोहमा उनले मञ्च रहेको शक्तिले मञ्च तलको शक्तिलाई पहिचान गर्नुपर्ने र  यसो गर्न सके मात्रै देशले नयाँ रुप लिने बताए । 

मञ्चमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायत सँगै रहेका लामिछानेले घुमाउरो पारामा कटाक्ष पनि गरे । 

उनले भने, ‘यो मञ्च एकदमै शक्तिशाली देखिन्छ, कति शक्ति भएको जस्तो देखिन्छ । तर शक्ति यता होइन, उता छ । जुन दिन हामीलाई मञ्च तलको शक्ति थाहा हुन्छ । जुन दिन यहाँको शक्तिले त्यहाँको शक्तिलाई चिन्छ । त्यो दिन साँच्चि नै देशले मुहार फेर्नेछ ।’ 

यस्तै, उनले शीर्ष नेताहरु एउटै मञ्चमा रहेको विरलै दृश्य देखिएको भन्दै यो मञ्चमा बसेका सबै नेताहरु राष्ट्रिय मुद्दामा एक स्थानमा उभिन शुभकामना दिए । 

उनले भने, ‘भ्रमण वर्षको सफलताको शुभकामना दिन चाहन्छु । विरलै देखिने शीर्ष नेताहरु एउटै मञ्चमा यो नेपाली जनताले अत्यन्तै कम देख्ने दृश्य हो । यो दृश्य यो देशको विकासका लागि आगामी पुस्ताको भविष्यका लागि यो मञ्चमा बसेका सबै नेताहरु राष्ट्रिय मुद्दामा एक स्थानमा उभिन सकुन्, शुभकामना व्यक्त गर्न चाहन्छु ।’ चितवन–२ बाट संसदका लागि निर्वाचित प्रतिनिधि भएको हिसाबमा यो क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको पनि उनले बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार