मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

स्थानिय सरकार भनेको जनताको सरकार हो : उपप्रमुख डंगोल

Ujyalosandeshonline 10783+ समाचार ( )
२९ पौष २०८१, सोमबार

काठमाडौं ।  काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानिय सरकार भनेको जनताको सरकार भएको बताएकी छिन् । सोमबार फास्टफुड एसोसियसन नेपालको आठौं राष्ट्रिय अधिवेशनको समुद्घाटन समारोहमा बोल्दै उनले सबै भन्दा बढी आम नागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानिय सरकार भएको बताएकी हुन् ।

उनले भनिन्, ‘आम नागरिकले धेरै राम्रोसँग व्यवसाय गरिरहनु भएको छ, तर हामी सबैले सचेत हुन जरुरी छ, सरकारले सधैं ट्याक्स मात्र हामीलाई तिराउँछ , जरिवाना हामीलाई मात्र लगाउछ, कानूनमा मात्र बसाल्छ हामीलाई भन्ने लाग्न सक्छ । तर स्थानिय सरकार भनेको  जनताको सरकार हो । नजिकको सरकार हो, सबैभन्दा बढी आम नागरिकलाई समुदायलाई चिनेको बुझेको सरकार हो  भनेर आभाष गराउनु पनि महत्वपूर्ण छ । त्यसकारणले पनि काठमाडौं  महानगरपालिकाले फास्टफुडकै कम्पनिहरुसँग आवद्ध रहेका सबैलाई तालिम समेत दिएका थियौं ।’

यसैगरी उनले महानगर जनताको राम्रो काम गर्न सधैं तत्पर रहेको बताइन् । उनले राम्रो व्यवसाय गर्नेहरुलाई महानगरले प्रोत्साहन समेत गर्ने बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार