मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

प्रहरी संगठनसँग प्रधानमन्त्री असन्तुष्ट, प्रहरी प्रमुख फेरिने कुरा हल्ला मात्रै

Ujyalosandeshonline 12614+ समाचार ( )
४ असार २०८१, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रहरी प्रमुख परिवर्तनको हल्लाको स्पष्टीकरण दिँदै हिँडेका छन् । नेपाल प्रहरीको विभागीय जिम्मेवारी गृह मन्त्रालयसँग छ । गृह पनि हेर्ने गरी उपप्रधानमन्त्रीले नेपाली सेना बाहेकका सबै सुरक्षा निकायको समन्वय गर्दछन् । 

विभागीय जिम्मेवारी पाएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रहरी संगठनको नेतृत्वलाई साथमा लिएर विमानस्थल र कतिपय निकायको स्थलगत अनुगमन गर्न दौडधुप गरिरहेका देखिन्छन् । तर विभागीय मन्त्रीभन्दा एक कदम अघि सरेर प्रधानमन्त्री स्वयं प्रहरी प्रमुख फेरबदल हुने सामान्य प्रक्रियाको सम्बन्धमा स्पष्टीकरण दिँदै हिँडेका छन्, जसलाई अनौठो मानिएको छ ।

गृह जिल्ला चितवन पुगेका प्रधानमन्त्री दाहालले सम्वाददाताहरुले राखेको जिज्ञासामा नेपाल प्रहरीको महानिरीक्षक परिवर्तन हुने कुरा हल्लामात्रै भएको स्पष्ट पारे । आफूले ढुक्क भएर काम गर्न महानिरीक्षकहरूलाई निर्देशन दिएको पनि बताए ।

‘दुवै प्रहरी संगठनका आईजीपी बोलाएर केही परिवर्तन हुँदैन, ढुक्क हुनुस्, काम गर्नुस् भनेको छु’, दाहालले भने, ‘त्यही स्पिरिटमा काम गर्नुस् भनेको छु । आईजीपी परिवर्तन हुँदैन । त्यो हल्लामात्रै हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा रहेको गृह प्रशासन संयन्त्रले प्रधानमन्त्री दाहालका कतिपय निर्देशनहरु उपेक्षा गरेको महसुश गरेर दाहाल स्वयंले नेपाल प्रहरीको नेतृत्वप्रति असन्तोष प्रकट गरेका थिए । यसैलाई आधार बनाएर प्रहरी प्रमुख फेरिन लागेको भनेर चुहिएको सूचनाले होहल्ला सिर्जना गरेपछि नेपाल प्रहरीले विज्ञप्ति प्रकाशित गरेर यसको खण्डन गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार