मुख्य समाचार
मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित | सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत | सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन | जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने | सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा |

हेटौंडामा जमिनमुनि बेपत्ता गाडी : भूगर्भविदको सहयोगमा खोजी अघि बढ्ने

Ujyalosandeshonline 10996+ समाचार ( )
२२ वैशाख २०८२, सोमबार

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित गैरीगाउँमा शुक्रबार जमिनमुनि हराएको गाडी तीन दिनसम्मको खोजी प्रयासपछि पनि फेला नपरेपछि अब भूगर्भविदको सहयोगमा खोजी अगाडि बढाइने भएको छ ।

गत शुक्रबार दिउँसो करिब १ बजेको समयमा गैरीगाउँको एक स्थानमा रोकिराखिएको ना ४ ख ४८३३ नम्बरको मिनी ट्रक अकस्मात् जमिन भासिएर माटोमुनि हराएको थियो । घटना लगत्तै प्रहरी, दमकल र अन्य प्राविधिक टोली परिचालन गरेर खोजी कार्य सुरु गरिए पनि आइतबार दिउँसोसम्म पनि गाडीको कुनै अत्तोपत्तो पत्ता लाग्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा डिएसपी श्यामु अर्यालका अनुसार प्रारम्भिक चरणमा आवश्यक खोजीका कामहरू गरिएको भए पनि गाडी फेला नपरेपछि जोखिमको मूल्याङ्कन गर्दै हाललाई स्थगित गरिएको छ । ‘स्थलको वरिपरि पानी जमेको थियो, हामीले त्यो हटायौं । जेसीबी प्रयोग गरेर खन्ने प्रयास पनि भयो, तर थप जमिन भासिने सम्भावना रहेकाले तत्कालका लागि खोजी कार्य रोकिएको छ, डिएसपी अर्यालले भने ।

भूगर्भ विज्ञ बोलाउने निर्णय

घटनाको गम्भीरता र स्थानको संवेदनशीलता मूल्याङ्कन गर्दै हेटौंडा उपमहानगरपालिकाले आइतबार एक आकस्मिक बैठक डाकेर भूगर्भविदहरूको सहयोगमा वैज्ञानिक ढंगबाट खोजी कार्य अघि बढाउने निर्णय गरेको छ । उपमहानगर प्रमुख मिनाकुमारी लामाले सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालासँगको छलफलपछि भूगर्भ विभागसँग समन्वय गरेर औपचारिक पत्राचार गरिएको जानकारी दिइन् ।

‘हामीले यो घटनालाई सामान्य दुर्घटना भनेर हेर्न मिल्दैन । स्थानको भौगोलिक बनावट, माटोको बनोट तथा जमिनको स्थायित्वबारे वैज्ञानिक परीक्षण आवश्यक छ भन्ने निष्कर्षमा पुगेका छौं,’प्रमुख लामाले भनिन् । उपमहानगरपालिकाका अनुसार भूगर्भ विभागको टोली आवश्यक प्रविधि र उपकरणसहित अध्ययन गर्न सोमबारसम्म हेटौंडा पुग्ने अपेक्षा गरिएको छ । अध्ययनपछि खोजी प्रक्रिया पुनः सुरु गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार