मुख्य समाचार
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ |

मधेस प्रदेशमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता

Ujyalosandeshonline 12206+ समाचार ( )
१० मंगशिर २०८२, बुधवार

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक बेरोजगार भत्ता दिने निर्णय गरिएको जानकारी दिनुभएको छ । प्रथम मन्त्रिपरिषद् बैठकको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उहाँले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक रु दुई हजारका दरले बेरोजगार भत्ता दिने निर्णय गरिएको बताउनुभयो ।

प्रदेश सरकारले १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवालाई जीवन निर्वाहबापत मासिक रु दुई हजारका दरले भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेशमा स्नातक उत्तीर्ण गरेका करिब एक लाख ५० हजार बेरोजगार युवा छन् । बैठकमा सरकारले खडेरी र डुबानबाट धानबालीमा क्षति बेहोरेका किसानलाई प्रतिकट्ठा रु एक हजार ५०० का दरले राहत उपलब्ध गराउने निर्णय भएको छ । 

किसानलाई राहत दिँदा रु ३६ करोड र युवालाई बेरोजगार भत्ता दिँदा रु ३५ करोड खर्च हुने अनुमान गरिएको मुख्यमन्त्री यादवले जानकारी दिनुभयो । किसानलाई राहतस्वरूप रु एक हजार ५०० प्रतिकट्ठा राहतस्वरूप उपलब्ध गराउने प्रक्रियामा रहेको उहाँले बताउनुभयो । यस वर्ष लामो समय खडेरीको मारमा परेका मधेस प्रदेशका किसानहरू गत असोजको अविरल वर्षाबाट पुनःडुबान पीडित भएका थिए । मनसुन अवधिमा लामो समय खडेरी परेपछि प्रदेश सरकारले मधेसका जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार