मुख्य समाचार
कार्यगत एकताबाट अघि बढ्नुपर्छः अध्यक्ष ओली | सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | कमीकमजोरी हटाएर पार्टीलाई नयाँ उँचाइमा लैजान्छौँ : संयोजक दाहाल | अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति | पेट्रोलियम पदार्थको मूल्य घट्यो | प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारीद्वारा शान्ति सुरक्षा र सुशासनमा जोड दिन निर्देशन | अनलाइनमार्फत सरुवाको निवेदन दिन आह्वान | गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन | केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट |

बंगलादेशबाट आइपुगेका विद्यार्थी भन्छन्ः ‘स्थिति असहज छ, प्रधानमन्त्री नै भागिसक्नुभयो’

Ujyalosandeshonline 11669+ समाचार ( )
६ श्रावण २०८१, आइतबार

काठमाडौं । बंगलादेशबाट १७ जना नेपाली विद्यार्थी नेपाल फिर्ता भएका छन् । आइतबार नेपाली विद्यार्थी हवाई र स्थलमार्ग हुँदै नेपाल आएका हुन् ।

बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शन चर्किएपछि सरकारले पहिलो चरणमा आउन चाहने १७ जना नेपाली विद्यार्थीको उद्धार गरेको हो ।

नेपाल फर्कन चाहने अन्य विद्यार्थीलाई ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण आठ सयभन्दा बढी नेपाली विद्यार्थीले बंगालादेश छाडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बंगलादेश सरकारले शुक्रबार रातिदेखि देशभर कर्फ्यु लगाएको छ । त्यस्तै सञ्चार सेवा, इन्टरनेट र टेलिफोनका सेवा विच्छेद गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा बंगलादेशमा एक साताअघिदेखि सुरु आन्दोलन हिंसात्मक बन्दा अहिलेसम्म कम्तीमा सय जनाले ज्यान गुमाइसकेका छन् । साथै, बंगलादेशका विभिन्न भागमा भएका प्रदर्शनीमा सयौं जना घाइते भएको जनाइएको छ ।

बंगलादेशमा तीन हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ । आइतबार नेपाल आइपुगेका नेपाली विद्यार्थीहरुले ढाकामा संचार विच्छेद गर्नक्रम सुरु भएको र प्रधानमन्त्री समेत भागेर स्पेन पुगिसकेको आफूहरुले थाहा पाएको सुनाए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएकी दिलिपा सापकोटाले नेपाली दूताबास मजबुद नभएको दुखेसो गरिन् । ‘दूताबासका कर्मचारीले फोन नउठाउने, सम्पर्कमा नआउने र उद्धार गर्न ढिलाइ गरिरहनुभएको छ । यसो नगर्न अनुरोध गर्दछु,’उनले भनिन् ।

दुई महिना अघि बंगलादेश पुगेकी सदिक्षा बस्नेतले आफूहरु असुरक्षित भएपछि नेपाल फर्किएको सुनाइन । ‘ढाकाको अवस्था एकदमै संवेदनशील भइसकेको छ । निषेधाज्ञा सुरु भइसकेको छ । बंगलादेशको प्रधानमन्त्री नै भागेर स्पेन पुग्नुभएको खबर सुनेका छौं । अवस्था चिन्ताजनक छ,’ उनले भनिन् । सदिक्षासँगै विमानस्थलमा उत्रिएकी महिमा फागोले होस्टलमा रहँदा गोलीको आवाजहरु सुनेको बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार