मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न स्थानीय प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

रासस 719+ समाचार ( )
१८ माघ २०८२, शनिबार

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तथा जिल्लाको समग्र वस्तुस्थितिबारे जानकारी लिन आज काभ्रेपलाञ्चोकको धुलिखेल पुग्नुभएका मन्त्री अर्यालले मन्त्रालयले जारी गरेको निर्वाचनमा समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा कार्यान्वन गर्न प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिनुभयो । 

उहाँले निर्वाचन तयारीबारे काभ्रेपलाञ्चोकका मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेसँग जानकारी लिनुभएको थियो । त्यसक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका पदाधिकारीले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी गराउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार