मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न स्थानीय प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

रासस 596+ समाचार ( )
१८ माघ २०८२, शनिबार

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तथा जिल्लाको समग्र वस्तुस्थितिबारे जानकारी लिन आज काभ्रेपलाञ्चोकको धुलिखेल पुग्नुभएका मन्त्री अर्यालले मन्त्रालयले जारी गरेको निर्वाचनमा समन्वय र सहकार्य अभिवृद्धि गर्नेसम्बन्धी अवधारणा कार्यान्वन गर्न प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिनुभयो । 

उहाँले निर्वाचन तयारीबारे काभ्रेपलाञ्चोकका मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेसँग जानकारी लिनुभएको थियो । त्यसक्रममा काभ्रेका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका पदाधिकारीले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी गराउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार